डिफेन्डिङ च्याम्पियन बालुवाटार थाईल्याण्ड प्रस्थान

थाईल्याण्डमा यही अक्टोबर २८ देखि १ नोभेम्बर सम्म संचालन हुने इन्टरन्यासनल सिक्सेज प्रतियोगितामा सहभागी हुन डिफेन्डिंग च्याम्पियन बालुवाटार क्रिकेट क्लब आज थाईल्याण्ड प्रस्थान गरेको छ l

गत बर्ष बालुवाटारले सिंगापुरको मरिनर्स क्लबलाई पराजित गर्दै उपाधि हात पारेको थियो l नेपाल सहित प्रतियोगितामा भारत, अस्ट्रेलिया, बेलायत, श्रीलंका, हंगकंग, सिंगापुर, मलेसिया, थाईल्याण्ड, चिन, युएई,फिलिपिन्सका टोलिहरु सहभागी हुँदैछन् l

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई  क्यानका पुर्ब अध्यक्ष बिनयराज पाण्डे, बालुवाटार क्रिकेट क्लबका अध्यक्ष उपेन्द्र भट्टराई तथा प्रशिक्षक अरुणकुमार अर्यालले बिदाइ गरेका थिए l बिदाइ कार्यक्रममा बोल्दै बालुवाटार क्रिकेट एकेडेमी अध्यक्ष भट्टराईले टिम क्लबको मात्रै नभई देशकै प्रतिनिधित्व गरेर थाईल्याण्ड जान लागेको बताए र खेलाडीहरुलाई अनुशाशित भएर खेल्दै देशको नाम उच्च राख्न सुभकामना ब्यक्त गर्नु भएको थियो l

बालुवाटार टिमको कप्तान तथा प्रशिक्षक सुनिल लामा रहनेछन् भने टोलिमा सोनु तामांग, सुमन उदय, रबिन जोशी, विजय गौतम, नरेश कुमार , प्रविन ढकाल, दिपेश खत्री, भिबिन शर्मा छन् l

 





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]