श्रीलंका बिरुद्ध बंगलादेशको ऐतिहासिक सिरिज जित

२०७८ जेष्ठ ११, मंगलवार २१:५६

दोश्रो एकदिवसीयमा श्रीलंकालाई १०३ रनले ( डीएल मेथड) पराजित गर्दै घरेलु टोलि बंगलादेशले श्रीलंका बिरुद्ध तिन एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज एक खेल बाँकी रहँदै २-० ले जितेको छ। सिरिज अन्तर्गत पहिलो खेलमा बंगलादेश ३३ रनले विजयी भएको थियो। 

बंगलादेशले श्रीलंकालाई द्विपक्षीय सिरिजमा कुनै पनि फर्म्याटमा पराजित गरेको इतिहासमै पहिलो पटक हो। २०१५ को विश्वकप पछि बंगलादेशले घरेलु भुमिमा खेलेको ११ द्विपक्षीय सिरिज मध्ये १० वटा सिरिजमा जित दर्ता गरेको छ। २०१६ मा बंगलादेश इंग्ल्यान्डसंग पराजित भएको थियो।

शेरे बंगला नेसनल स्टेडियम ढाकामा सम्पन्न खेलमा बंगलादेशले दिएको २४७ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले ४० ओभरमा ९ विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो। श्रीलंका १२६/९ ( ३८ ओभर ) को स्थितिमा हुँदा वर्षाले खेल प्रभावित हुँदा श्रीलंकाले ४० ओभरमा २४५ रनको लक्ष्य पाएको थियो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाको यो लगातार पाँचौ हार हो।

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले ८९ रनको योगफलमा पहिलो ५ विकेट गुमाउन पुग्यो जसपछि खेलमा बंगलादेश पूर्णत हावी हुन पुग्यो। ओपनर दनुश्का गुनथिलाकाले सर्वाधिक २४ रन, पथुम निसांकाले २० रन, इसुरु उडानाले अविजित १८ रन कुशल तथा कुशल मेन्डिस र अशेन बन्डाराले समान १५ रन बनाए।

बंगलादेशको बलिंगमा मेहदी हसन ( १०-०-२८-३ ) र मुस्तफिजुर रहमान ( ६-१-१६-३ ) ले समान ३ विकेट लिए। शाकिब अल हसनले २ विकेट तथा शोरिफुल इस्लामले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बंगलादेशले ४८.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २४६ रन बनाएको थियो।

बंगलादेशको लागि विकेटकिपर ब्याट्सम्यान मुस्फिकुर रहिमले करियरको आठौँ शतक बनाउने क्रममा सर्वाधिक १२५ रन बनाए जुन क्रममा उनले १२७ बलमा १० चौका प्रहार गरे। मह्मुदुल्लाहले ४१ रन, लिटन दासले २५ रन योगदान दिए।

७४ रनमा ४ विकेट गुमाएको अवस्थामा रहिम र महुदुल्लाहले पाँचौ विकेटको लागि ८६ रनको साझेदारी गर्दै बंगलादेशको इनिंग्स उकासेका थिए। त्यसपछि रहिमले आठौँ विकेटको लागि सैफुद्दीनसंग ४८ रनको साझेदारी गरे। रहिम ४९ औं ओभरमा दुश्मन्था चमिराबाट अन्तिम ओभरमा क्याच आउट भए।

श्रीलंकाको बलिंगमा देब्रे हाते स्पिनर लक्षण सन्दकन ( १०-०-५३-३ ) र दुश्मन्था चमिरा ( ९.१-२-४४-३ ) ले समान ३ विकेट लिए। इसुरु उडानाले २ तथा वानिन्दु हसरंग ( १०-१-३३-१ ) ले १ विकेट लिए।

सिरिज अन्तर्गत तेश्रो तथा अन्तिम खेल मे २८ तारिख शुक्रबार खेलिनेछ।

धेरैले पढेको 

https://wicketnepal.com/mehboob-alamle-wisha-chakit-banayeko-din/

https://wicketnepal.com/afg-vs-pak-maitripurna-ser-wn21/

https://wicketnepal.com/sandeep-cpl-t20-wn21-tringabo/

https://wicketnepal.com/naseem-shah-psl-niskasit-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy