अस्ट्रेलियाद्वारा बंगलादेशलाई सामान्य लक्ष्य

अस्ट्रेलियाको बंगलादेश भ्रमण अन्तर्गत पाँच खेलको टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेलमा अस्ट्रेलियाले बंगलादेशलाई १२२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिंग रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १२१ रन बनाएको हो।

अस्ट्रेलियान ओपनर एलेक्स केरी १० रन तथा जोश फिलिपे ११ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागि मिचेल मार्शले मोईसेस हेनरिक्ससंग ५७ रनको साझेदारी गरे। ३० रन बनाएका हेनरिक्सलाई शाकिब अल हसनले बोल्ड गरे। मिचेल मार्श पनि अर्धशतक बनाउन चुके जसलाई शोरिफुल इश्लामले क्याच आउट गराए। मार्शले ४२ बलमा ५ चौका मद्दतले ४५ रन बनाए।

मिचेल मार्शको विकेट जानु अघि ९९/३ को अवस्थामा रहेको अस्ट्रेलियाले योगफलमा थप २२ रन मात्र जोड्न सक्यो। मिचेल स्टार्कले अविजित १३ रन बनाउनु बाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन्।इनिंग्सको अन्तिम ५ ओभरमा अस्ट्रेलियाले ४ विकेट गुमाएर ३१ रन मात्र बनाउन सक्यो।

बंगलादेशको बलिंगमा मुस्तफीजुर रहमानले ३ विकेट ( ४-०-२३-३ ) लिए भने शोरीफुल इश्लामले २ ( ४-०-२७-२ ) विकेट लिए। मेहदी हसन र शाकिब अल हसनले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा बंगलादेशले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको थियो। बंगलादेशले टि-२० अन्तर्राष्ट्रिय इतिहासमै अस्ट्रेलियालाई पराजित गरेको पहिलो पटक थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy