बंगलादेशविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा समूह डी मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा सोमबार बिहान बंगलादेशको सामना गर्दैछ ।

टी-२० आईमा दोेस्रो पटक आमनेसामने हुन लागेका दुवै टोलीबीचको खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको अर्नास भेल क्रिकेट स्टेडियममा हुदैछ । खेल नेपाली समय अनुसार सोमबार बिहान सवा पाँचमा सुरु हुदैछ ।

अन्तराष्ट्रिय क्रिकेटमा हुन लागेको दोस्रो भेटलाई जितका साथ ऐतिहासिक बनाउँन नेपाल आफ्नो बलियो प्लेईङ-११ को साथ मैदान उत्रने सम्भावना छ । नेपालले गत शनिबार दक्षिण अफ्रिकाविरुद्धको खेलमा रहेको प्लेईङ-११ नै खेलाउने सम्भावना छ ।

बंगलादेशविरुद्ध नेपालको सम्भावित प्लेईङ-११ यसप्रकारको हुने सम्भावना छ ।

ओपनर जोडिका रुपमा कुशल भुर्तेल र आसिफ शेखको जोडिले निरन्तरता पाउने सम्भावना रहेको छ । कुशल र आसिफको जोडिबाट उत्कृष्ठ सुरुआतको अपेक्षामा टिम रहने छ । शेखलाई विकेट किपरको भुमिकामा देखिदा कुशलले लेगस्पिन विकल्पका रुपमा रहने छन् । शेख र भुर्तेलले केही खेल यता आशा अनुरुपको प्रदर्शन देखाउन सकेका छैनन् । टिमको आशा यस खेलमा पूरा हुने सम्भावना रहेको छ ।

तेस्रो नम्बरमा अनिलकुमार शाहले मौका पाउने सम्भावना छ । शाहले माथिल्लोक्रमको ब्याटिङमा योगदानको अपेक्षा टिमले गरेको छ । चौथो नम्बरमा कप्तान रोहितकुमार पौडेललाई देख्ने सम्भावना रहेको छ । ब्याटिङमा पौडेलबाट कप्तानी ईनिङका साथ केही ओभर बलिङको समेत विकल्पको रुपमा छन् । पाँचौ नम्बरमा दीपेन्द्रसिंह ऐरीको सम्भावना रहेको छ । ब्याटिङ, बलिङ र फिल्डिङमा ऐरीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षमा टिम नेपाल रहेको छ ।

छैटो स्थानमा कुशल मल्लको सम्भावना छ । आक्रामक ब्याटिङका लागि चिनिने मल्लको आक्रमक प्रदर्शनको अपेक्षामा टिम रहने छ । मल्लबाट केही ओभर स्पिन बलिङ को समेत विकल्पका रुपमा रहने छन् ।

सातौं नम्बरमा अर्का अलराउन्डर गुलसन झाको सम्भावना रहेको छ । तल्लो क्रममा आएर उत्कृष्ट ब्याटिङ क्षमता राख्ने झाबाट यस खेलमा पनि सोहि आक्रमकताको खोजिमा टिम रहने छ । झा तीव्र गतिको बलिङ विकल्पका रुपमा रहेका छन् ।

आठौं र नवौं नम्बरमा तीव्र गतिका बलर करण केसी र सोमपाल कामीको सम्भावना छ । यि दुवै बलरमा तल्लो क्रममा ब्याटिङ गर्दै राम्रो हिटिङको क्षमता समेत रहेको छ । दशौं नम्बरमा लेगस्पिनर सन्दीप लामिछानेको सम्भावना रहेको छ । नेपालको स्पिन बलिङको नेतृत्व गर्ने सन्दीपबाट बलिङमा राम्रो प्रदर्शनको अपेक्षा रहेको छ ।

एघारौं नम्बरमा तीव्र गतिका बलर अभिनास बोहराको सम्भावना रहेको छ । डेथ ओभरका लागि परिचित बोहरालाई डेथ ओभरमा नेपालले पछिल्लो समयमा व्यहोरिरहेको धेरै रनको समस्या हटाउने चुनौती छ ।

नेपालको सम्भावित प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल शाह, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनास बोहरा

 





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]