प्रतिस्पर्धात्मक खेलमा बंगलादेशद्वारा जिम्बाबे पराजित

बंगलादेश, जिम्बाबे र अफगानिस्तान बीच बंगलादेशमा त्रिकोणात्मक टि-२० सिरिज सुरु भएको छ। सिरिज अन्तर्गत पहिलो खेलमा आयोजक बंगलादेशले जिम्बाबेलाई ३ विकेटले पराजित गर्यो।

शेरे बङ्गला स्टेडियममा वर्षाको कारण १८ ओभरमा घटाइएको खेलमा टस हारेर ब्याटिंग गर्दै जिम्बाबेले दिएको १४५ रनको लक्ष्य घरेलु टिमले २ बल बाँकी छदा पुरा गर्यो।

अत्यन्त खराब सुरुवात गरेको बंगलादेशले पहिलो ६ विकेट ६० रनको योगफलमै गुमाएको थियो। लिटन दास १९, सौम्य सरकार ४, शकिब अल हसन १, मुस्फिकर रहिम ० तथा महमुदुल्लाह १४ रन बनाएर पेभेलियन फर्किदा बंगलादेश हारतिर लम्केको थियो।

तर सातौँ विकेटको लागि मोसद्देक होसेन र अफिफ होसेनले उत्कृस्ट साझेदारी गर्दै घरेलु टिमलाई लक्ष्यतर्फ डोर्याए। अफिफले मात्र २४ बलमा करियरको पहिलो अर्धशतक पुरा गरे। अन्तिम ओभरमा जितको लागि ५ रन आवस्यक रहंदा ओभरको दोश्रो बलमा अफिफ क्याच आउट हुन पुगे। उनले २६ बलमा ८ चौका र १ छक्का मदतले ५२ रन बनाए।

चौथो बलमा मोहम्मद सैफुद्दीनले चौका प्रहार गर्दै बग्लादेशलाई जित दिलाए। मोसद्देक २० रन तथा सैफुद्दीन ६ रनमा अविजित रहे।

जिम्बाबे बलर कायल जार्भिस, तेन्दाइ चतारा र नेभिले मेडजिभाले समान २/२ विकेट लिए।

रायन बर्लको विस्फोटक इनिंग 

यस अघि पहिले ब्याटिंग गर्ने क्रमम जिम्बाबेले निर्धारित १८ ओभरमा ५ विकेट गुमाएर १४४ रन बनाएको थियो।

ओपनर ह्यामिल्टन मासाकाट्जाले ३४ रन बनाए पनि अन्य माथिल्लो क्रमका ब्याट्सम्यानहरु सस्तोमै आउट हुँदा जिम्बाबेले पहिलो ५ विकेट ६३ रनमै गुमाएको थियो।

कम योगफलमा समेटिने खतरा बढ्दै गर्दा छैठौं नम्बरमा ब्याटिंग गरेका रायन बर्लले सातौँ नम्बरका टिनोटेण्डा मुटोम्बोड्जीसंग अविजित ८१ रनको साझेदारी गर्दै टिमलाई राम्रो योगफलतर्फ लागेका थिए।

बर्लले टि-२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाउने क्रममा अविजित ५७ रन बनाए जुन क्रममा ३२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै मुटोम्बोड्जीले २६ बलमा १ चौका र १ छक्का प्रहार गरे।

रायन बर्ल ( फाइल फोटो )

बर्लले बंगलादेश कप्तान शाकिब अल हसनले गरेको १६ औं ओभरमा ३ छक्का र ३ चौका मदतले ३० रन बनाएका थिए। त्यस क्रममा उनले पहिलो बलमा छक्का, दोश्रो र तेश्रो बलमा चौका, चौथो बलमा छक्का, पाँचौ बलमा चौका र छैठौं बलमा छक्का प्रहार गरेका थिए। छक्कासंगै उनले २८ बलमा अर्धशतक पुरा गरेका थिए।

१४ ओभरम ८१/५ को अवस्थाबाट जिम्बाबेले अन्तिम ४ ओभरमा ६३ रन बनाएको थियो।

त्रिकोणात्मक सिरिज अन्तर्गत दोश्रो खेलमा शनिवार अफगानिस्तान र जिम्बाबेले प्रतिस्पर्धा गर्नेछन्।

 





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]