बन्द प्रशिक्षणको तयारी पुरा

२०७७ मंसिर ८, सोमबार १८:१२

नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि शुरुहुने बन्द प्रशिक्षणको तयारी पुरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको छ । बन्द प्रशिक्षणमा सहभागि हुने सबै खेलाडी प्रशिक्षक तथा ग्राउण्ड स्टाफको मंगलबार पीसीआर परीक्षण गरिने छ ।

पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आउने खेलाडी तथा प्रशिक्षकहरुलाई राजधानीको एक होटेलमा राखिने छ भने ग्राउण्ड स्टाफलाई कीर्तिपुर मैदानमै राख्ने व्यवस्था गरिएको छ । ग्राउण्ड स्टाफलाई पहिलो चरणमा एक महिना घर जान दिइने छैन भने खेलाडीहरुलाई पनि होटलबाट मैदानसम्म आउनका लागि क्रिकेट संघकै बस प्रयोग गरिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का सदस्य दुर्गाराज पाठकले क्लोज क्याम्पको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । खेलाडीहरुलाई राख्नका लागि होटेल पनि आइसोलेट गरिएको र त्यहाँ अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको पाठकले जानकारी गराए।

यस्तै, स्वास्थ्य मापदण्डका कुराहरुमा क्यान संवेदनशील रहेको बताउँदै अहिलेको अवस्थामा सम्पूर्ण कुराहरु मिलाउन चुनौती रहेको भएपनि खेलाडीहरु मैदान उत्रन उत्साहित रहेको बताए।

बन्द प्रशिक्षणमा सहभागी हुन सबै खेलाडीहरु काठमाडौं आइसकेका छन्। क्यानले शुक्रबार बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको छ । नेपाली टिमको प्रशिक्षण मंसीर १० गतेबाट सुरु हुँदैछ ।

सन्दिप लामिछाने ( Sandeep Lamichhane ) बन्द प्रशिक्षणमा सहभागी हुनेछन्

कोरोना भाईरसको महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण गर्न लागेको हो । नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्नेछ ।

नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएर अष्ट्रेलिया जाने भएका छन् ।

अष्ट्रेलियाको बिग बास लिगमा सहभागिता जनाउन त्यसतर्फ जानु अघि सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्ने भएका हुन् ।

सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले राष्ट्रिय टोलीको क्याम्पमा करिब १० दिन सहभागी भएर सन्दीप अष्ट्रेलिया जाने जानकारी गराए ।

’डिसेम्बरको १४ वा १५ मा सन्दीप अष्ट्रेलिया जानेछन् । यद्दपी मिति भने पक्का भएको छैन लगातार तेस्रो पटक बिग बास खेल्न लागेका सन्दीपले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् । यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट दुई सिजन खेलेका थिए ।

क्यानले यस अघि भदौमा राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने बताएता पनि कोभिड-१९ का नेपालको २०२० मा आईसीसीको सबै खेल रद्द भएका कारण स्थगित भएको थियो। आईसीसीले आगामी सिरिजको खेलतालिका सार्वजनिक गरेको छैन।

नेपाली राष्ट्रिय टिमले अन्तिम पटक मार्चमा थाइल्याण्डमा एसीसी टि-२० ( इस्टर्न रिजन ) प्रतियोगिता खेलेको थियो।

बन्द प्रशिक्षणको लागि घोषित २२ सदस्यीय टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र सिंह ऐरी ( उपकप्तान ) , पारस खड्का, सन्दिप लामिछाने, शरद भेसावकर, करण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारि, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुबास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सन्दिप जोरा, किशोर महतो, भुवन कार्की , प्रशिक्षक – जगत बहादुर टमाटा

सम्बन्धित 

https://wicketnepal.com/national-team-fitness-trainer-aashaya-hatkar-wn20/

https://wicketnepal.com/nirmanadhin-rangashala-ko-lagi-budget-abhab-hudaina/

https://wicketnepal.com/can-22-sadasyiya-team-ghoshana-wn20/

https://wicketnepal.com/sandeep-to-play-big-bash-for-hobart/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy