घरेलु टोलि बंगलादेश बिरुद्ध पाँचौ खेलमा न्युजिल्यान्डले २७ रनको जित दर्ता गरेको छ। सिरिज ३-२ ले बंगलादेशले जित्न सफल रह्यो।
शेरे बाँग्ला स्टेडियम ढाकामा सम्पन्न खेलमा न्युजिल्यान्डले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १३४ रन मात्र बनाउन सक्यो।
बंगलादेशको लागि अफिफ होसेनले सर्वाधिक अविजित ४९ रन, कप्तान महमुदुल्लाह र मोहम्मद नैमले समान २३ रन बनाएता पनि जितको लागि पर्याप्त रहेन। लक्ष्य पछ्याउने क्रममा ४६ रनमा ४ विकेट गुमाएपछि होसेनले महमुदुल्लाहसंग ६३ रनको साझेदारी गरेका थिए। तर महमुदुल्लाहको विकेटपछि बंगलादेशले पुनः लगातार विकेट गुमाउन पुग्यो। न्युजिल्यान्डको बलिंगमा स्कट कग्लाईन र एजाज पटेलले समान २ विकेट लिए भने ज्याकब डफी, कोल म्याकोंची, बेन सीयर्स र रचिन रभीन्द्रले समान १ विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिंग गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट क्षेतीमा १६१ रन बनाएको थियो। उसको लागि कप्तान टम लाथमले अविजित ५० रन बनाए जुन क्रममा ३७ बलमा २ चौका र २ छक्का प्रहार गरे। यस्तै ओपनर फिन एलेनले २४ बलमा ४ चौका र ३ छक्का मद्दतले ४१ रन बनाए। हेनरी निकोलसले २० तथा रचिन रभीन्द्र र कोल म्याकोंचीले समान १७ रन बनाए।
रभीन्द्र र एलेन बीच ५.४ ओभरमा ५८ रनको ओपनिंग साझेदारी भएको थियो। त्यसपछि लगातार विकेट गुमाएको अवस्थामा छैठौं विकेटको लागि लाथमले म्याकोंचीसंग अविजित ४३ रनको साझेदारी गरे।
बंगलादेशको बलिंगमा शोरीफुल इश्लामले २ तथा तास्किन एहमद, नसुम एहमद र अफिफ होसेनले समान १ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच टम लाथम चुनीए भने प्रतियोगिताकै उत्कृस्ट खेलाडी पनि लाथम र बंगलादेशका नसुम एहमद संयुक्त रुपमा चुनिए।
सिरिज अन्तर्गत पहिलो, दोश्रो र चौथों खेल बंगलादेशले क्रमशः ७ विकेट, ४ रन र ६ विकेटले जितेको थियो। न्युजिल्यान्डले तेश्रो टि-ट्वान्टी ५२ रनले जितेको थियो।
