नेपालसॅंग खेल्नु अघि बंगलादेश अमेरिकासॅंग पराजित

२०८१ जेष्ठ ९, बुधबार ००:५५

काठमाडौ । आगामी महिना हुने टी-२० विश्वकपमा नेपालसॅंग खेल्नु अघि बंगलादेश अमेरिकासॅंग पराजित भएको छ ।

बंगलादेशविरुद्धको तीन खेलको टि-२० सिरिजको पहिलो खेलमा अमेरिकाले जित दर्ता गरेको छ । बंगलादेशलाई अमेरिकाले ५ विकेटले पराजित गरेको हो ।

बंगलादेशले दिएको १५४ रनको मध्यम लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो ।

पराजित बंगलादेश आउँदो टि-२० विश्वकपमा नेपाल रहेकै समूहमा रहेको छ । नेपाल र बंगलादेशबीचको खेल जुन १७ मा हुँदैछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy