दक्षिण अफ्रीका बिरुद्ध बंगलादेशको शानदार जित, शाकिबको विश्वकिर्तिमान

इंग्ल्याण्डमा जारि आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाँचौ खेलमा बंगलादेशले शानदार जित हाँसिल गरेको छ । आफ्नो पहिलो खेलमा उसले दक्षिण अफ्रीकालाई २१ रनले पराजित गरेको हो।

बंगलादेशले दिएको ३३१ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रीकाले ५० ओभरमा ८ विकेट गुमाएर ३०९ रन मात्रै बनाउन सक्यो।

दक्षिण अफ्रीकाको यो लगातार दोश्रो हार हो। यस अघि विश्वकपको उद्घाटन खेलमा इंग्ल्याण्डसंग दक्षिण अफ्रीका १०४ रनले पराजित भएको थियो।

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रीकाले राम्रो सुरुवात गरेको थियो। तर निरन्तर अन्तरालमा बंगलादेशले विकेट भने निकाली रह्यो।  क्विन्टन डी कक २३, ऐडेन मारक्रम ४५, फाफ डु प्लेसिस ६२, डेभिड मिलर ४८, भान डर डुसेन ४१ रन बनाएर आउट भए।

जेपी डुमिनिले ४५ रन बनाउदै जिततर्फ लैजाने प्रयास गरेता पनि तल्लो क्रमका ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन्। ४८ औं ओभरमा डुमिनिको विकेटसंगै दक्षिण अफ्रीकाको आशा पनि सकिएको थियो।

५० ओभर ब्याटिंग गरे पनि दक्षिण अफ्रीकाले ८ विकेट गुमाएर ३०९ रन मात्रै बनाउन सक्यो।

बंगलादेशको लागि मुस्तफिजुर रहमानले सर्वाधिक ३ ( १०-०-६७-३ ) , मोहम्मद सैफुद्दीनले २ ( ८-१-५७-२ ) तथा मेहदी हसन ( १०-०-४४-१ ) र शाकिव अल हसनले ( १०-०-५०-१ ) १ विकेट लिए।

 बंगलादेशको रेकर्ड योगफल, शकिब र मुस्फिकुरको रेकर्ड साझेदारी 

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाएर ३३० रनको योगफल तयार गरेको थियो। यो बंगलादेशले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा ठुलो योगफल हो।

बंगलादेशको लागि मुस्फिकुर रहिमले सर्वाधिक ७८ ( ८० बलमा ८ चौका ) , शाकिब अल हसनले ७५ ( ८४ बलमा ८ चौका र १ छक्का ) , महमुदुल्लाहले अविजित ४६ रन ( ३३ बलमा ३ चौका र १ छक्का ) बनाए।

पहिलो विकेटको लागि तामिम इकबाल ( १६ ) र सौम्य सरकार ( ४२ ) ले पहिलो विकेटको लागि ६० रनको साझेदारी गरेका थिए। यस्तै तेश्रो विकेटको लागि शाकिब र मुस्फीकुर रहिमले १४२ रनको साझेदारी गरे।

दक्षिण अफ्रीकि बलर क्रिस मोरिस ( १०-०-७३-२ ) , एन्डीले फेलुक्वायो ( १०-१-५२-२ ) र इमरान ताहिर ( १०-०-५७-२ ) ले २/२ विकेट लिएका थिए। स्कोरकार्ड 

खेलको प्लेयर अफ द म्याच शाकिव अल हसन घोषित भए।

शाकिवको विश्व किर्तिमान 

बंगलादेशी अल-राउण्डर शाकिब अल हसन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २५० विकेट र ५ हजार बढी रन बनाउने सबैभन्दा छिटो क्रिकेटर बनेका छन्।

१९८ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने क्रममा शाकिवले यो रेकर्ड आफ्नो नाम गरेका हुन्। यस अघि श्रीलंकाका सनथ जयसूर्याले ३०४ खेलमा, पाकिस्तानका शाहिद अफ्रिदीले २७३ खेलमा, दक्षिण अफ्रीकाका ज्याक कालिसले २९६ खेलमा तथा पाकिस्तानका अब्दुल रज्जाकले २३४ खेलमा यो रेकर्ड आफ्नो नाम गरेका थिए।

देब्रे हाते स्पिनर शाकिबले एडेन मारक्रमको विकेट लिंदै २५० विकेट पुरा गरेका हुन्। उनले ब्याटिंगमा कुल ५७१७ रन बनाएका छन्। आजको खेलमा उनले ७५ रन बनाएका थिए।

आजै शाकिबले मुस्फिकर रहिमसंग तेश्रो विकेटको लागि १४२ रन बनाएका थिए जुन बंगलादेशको कुनै पनि विकेटको लागि सबैभन्दा ठुलो साझेदारी हो।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]