बंगलादेश बिरुद्ध एक मात्र टेस्टमा अफगानिस्तान जिततर्फ अग्रसर

बंगलादेशको चटगाउँमा जारि अफगानिस्तान र बंगलादेश बीच एक मात्र टेस्ट अन्तर्गत अफगानिस्तान जिततर्फ अग्रसर देखिएको छ।

टेस्टको तेस्रो दिनको समाप्तीमा अफगानिस्तानले दोश्रो इनिंगमा ब्याटिंग गर्दै ३७४ रनको अग्रता लिईसकेको छ। पहिलो पारीमा टस जितेर ब्याटिंग रोजेको अफगानिस्तानले ३४२ रन बनाएपछि ब्याटिंग गरेको घरेलु टिम पहिलो इनिंगमा २०५ रनमै समेटिन पुगेको थियो। तेश्रो दिन बिहान बंगलादेश समेटिएपछि दोश्रो इनिंग थालेको अफगानिस्तानले दिनको समाप्तिमा २३७/८ बनाएको छ।

अफगानिस्तानले गत वर्ष भारतसंग पहिलो टेस्ट खेलेपछि खेलेको यो तेश्रो टेस्ट हो। यसै वर्ष अफगानिस्तानले आयरल्याण्डसंग दोश्रो टेस्ट खेलेको थियो। भारतसंग इनिंग र २६२ रनले पराजित भएको अफगानिस्तानले आयरल्याण्डलाई भने ७ विकेटले पराजित गर्दै पहिलो टेस्ट जित दर्ता गरेको थियो। बंगलादेश बिरुद्ध अफगानिस्तान दोश्रो जिततर्फ अग्रसर देखिएको छ।

यसअघि तेस्रो दिन १९४/८ बाट ब्याटिंग गरेको बंगलादेशले थप ११ रन जोड्दा दुवै विकेट गुमायो। छैठौं नम्बरमा आएका मोसाद्देक हुसैन ४८ रनमा अविजित रहे।

त्यसपछि ब्याटिंग सुरु गरेको अफगानिस्तानले राम्रो सुरुवात गर्न सकेन। ओपनर इशानउल्लाह जन्नत चार र पहिलो पारीमा शतक बनाएका रहमत शाह खाता नखोली आउट भए। दुवैलाई साकिब अल हसनले दोश्रो पारीको पहिलो ओभरमा आउट गरे। हज्मतुल्लाह शाहिदीपनि १२ रनमा आउट भए। २८ रनमा ३ विकेट गुमाएको अवस्थामा चौथो विकेटको लागि इब्राहम ज़द्रान र अस्गर अफगानले १०८ रनको साझेदारी गर्दै अग्रता बढाए। ज़द्रानले ८७ र अफगानले ५० रन बनाए।

१७१/४ को अवस्थामा रहेको अफगानिस्तानले त्यसपछि थप ३९ रन बनाउँदा ४ विकेट गुमायो। आठौँ विकेटको लागि जजाईले कोएसिस अहमदसँग २५ रनको साझेदारी गरे।  पहिलो पारीमा अर्धशतक बनाएका कप्तान राशिद खानले २४ रन बनाए। दिनको समाप्तिमा विकेट किपर अफ्सर जजाई ३६ र यामिन अहमादजाई शुन्य रनमा अविजित छन्।

बंगलादेशका सकिब अल हसनले ३ विकेट तथा ताइजुल इस्लाम र नयम हसनले समान २/२ विकेट लिए।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]