बंगलादेश बिरुद्ध एक मात्र टेस्टमा अफगानिस्तान जिततर्फ अग्रसर

बंगलादेशको चटगाउँमा जारि अफगानिस्तान र बंगलादेश बीच एक मात्र टेस्ट अन्तर्गत अफगानिस्तान जिततर्फ अग्रसर देखिएको छ।

टेस्टको तेस्रो दिनको समाप्तीमा अफगानिस्तानले दोश्रो इनिंगमा ब्याटिंग गर्दै ३७४ रनको अग्रता लिईसकेको छ। पहिलो पारीमा टस जितेर ब्याटिंग रोजेको अफगानिस्तानले ३४२ रन बनाएपछि ब्याटिंग गरेको घरेलु टिम पहिलो इनिंगमा २०५ रनमै समेटिन पुगेको थियो। तेश्रो दिन बिहान बंगलादेश समेटिएपछि दोश्रो इनिंग थालेको अफगानिस्तानले दिनको समाप्तिमा २३७/८ बनाएको छ।

अफगानिस्तानले गत वर्ष भारतसंग पहिलो टेस्ट खेलेपछि खेलेको यो तेश्रो टेस्ट हो। यसै वर्ष अफगानिस्तानले आयरल्याण्डसंग दोश्रो टेस्ट खेलेको थियो। भारतसंग इनिंग र २६२ रनले पराजित भएको अफगानिस्तानले आयरल्याण्डलाई भने ७ विकेटले पराजित गर्दै पहिलो टेस्ट जित दर्ता गरेको थियो। बंगलादेश बिरुद्ध अफगानिस्तान दोश्रो जिततर्फ अग्रसर देखिएको छ।

यसअघि तेस्रो दिन १९४/८ बाट ब्याटिंग गरेको बंगलादेशले थप ११ रन जोड्दा दुवै विकेट गुमायो। छैठौं नम्बरमा आएका मोसाद्देक हुसैन ४८ रनमा अविजित रहे।

त्यसपछि ब्याटिंग सुरु गरेको अफगानिस्तानले राम्रो सुरुवात गर्न सकेन। ओपनर इशानउल्लाह जन्नत चार र पहिलो पारीमा शतक बनाएका रहमत शाह खाता नखोली आउट भए। दुवैलाई साकिब अल हसनले दोश्रो पारीको पहिलो ओभरमा आउट गरे। हज्मतुल्लाह शाहिदीपनि १२ रनमा आउट भए। २८ रनमा ३ विकेट गुमाएको अवस्थामा चौथो विकेटको लागि इब्राहम ज़द्रान र अस्गर अफगानले १०८ रनको साझेदारी गर्दै अग्रता बढाए। ज़द्रानले ८७ र अफगानले ५० रन बनाए।

१७१/४ को अवस्थामा रहेको अफगानिस्तानले त्यसपछि थप ३९ रन बनाउँदा ४ विकेट गुमायो। आठौँ विकेटको लागि जजाईले कोएसिस अहमदसँग २५ रनको साझेदारी गरे।  पहिलो पारीमा अर्धशतक बनाएका कप्तान राशिद खानले २४ रन बनाए। दिनको समाप्तिमा विकेट किपर अफ्सर जजाई ३६ र यामिन अहमादजाई शुन्य रनमा अविजित छन्।

बंगलादेशका सकिब अल हसनले ३ विकेट तथा ताइजुल इस्लाम र नयम हसनले समान २/२ विकेट लिए।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy