बंगलादेशले घोषणा गर्यो विश्वकप खेल्ने टिम, साकिबको पुनरागमन

  • विकेटनेपाल, बैशाख -३, मंगलबार

बंगलादेशले यहि बर्ष मे ३० देखि इंग्ल्याण्डमा सुरुहुने आइसीसी विश्वकप क्रिकेट खेल्ने टिम घोषणा गरेको छ। यसअघि न्युजिल्यान्ड, अष्ट्रेलिया र भारतले आफ्नो-आफ्नो टिमको घोषणा गरिसकेका छन्।

ठुला टिमहरुलाई हराउंदै प्रतियोगिता उथलपुथल पार्ने टिमको रुपमा परिचय बनाएको बंगलादेशको कप्तानी मोस्राफे बिन मोर्ताजाले गर्नेछन्। यस्तै सन् २०१८ मा टेस्ट क्रिकेटमा डेब्यु गर्दै ५ खेल खेलेका अबु जायदले पनि टिममा स्थान बनाएका छन्। तर उनले एकदिवसीय क्रिकेटमा भने डेब्यु गरेका छैनन्। दायाँ हाते तिब्र गतिका बलर उनले न्युजिल्यान्ड भ्रमण अन्तर्गत टेस्ट क्रिकेटमा राम्रो आशा देखाएका थिए।

अबु जायद

तर एकदिवसीय क्रिकेटमा उत्कृस्ट खेलाडी चिनिएका तास्किन अहमद भने टिममा परेनन्। न्युजिल्यान्ड भ्रमणमा रहेका बेला घाइते भएपनि उनकै स्थानमा जायदले मौका पाएका हुन्।

यस्तै मिडिल अडर ब्याट्सम्यान मोसद्देक हुसैनले पनि सन् २०१८ को एसिया कप पछि पहिलोपल्ट टिममा स्थान बनाए। उनि महमदुल्लाहको ब्याकअपका रुपमा रहने छन्। महामदुल्लाह न्युजिल्यान्ड भ्रमणमा लागेको चोटपछी पूर्णरुपमा निको भएका छैनन्।

टिमको मुख्य सदस्य साकिब अल हसन चोटका कारण न्युजिल्यान्ड भ्रमणमा टेस्ट र एकदिवसीय सिरिजबाट बाहिर रहेका थिए। अब उनि विश्वकपमा उप कप्तानको रुपमा रहनेछन्। यस्तै अनुभवी खेलाडीको रुपमा तामिम इकबाल र मुश्फिकर रहिम समेत रहेका छन्।

युवा खेलाडीको रुपमा लिटन दास, मेहिदी हसन मिराज, मोहम्मद सैफुदीन, मुस्ताफिजुर रहमान र सौम्य सरकार समेत रहेका छन्। बंगलादेशले जुन २ तारिखमा साउथ अफ्रिकाको सामना गर्दै विश्वकपको सुरुवात गर्नेछ।

विश्वकप खेल्ने बंगलादेशको टिम:

मोस्राफे बिन मोर्ताजा (कप्तान), तामिम इकबाल, लिटन दास, सौम्य सरकार, मुश्फिकर रहिम (विकेट किपर), महमदुल्लाह, साकिब अल हसन (उप-कप्तान), मोहम्मद मिथुन, सबिर रहमान, मोसद्देक हुसैन, मोहम्मद सैफुदीन, मेहिदी हसन मिराज, रुबेल हुसैन, मुस्ताफिजुर रहमान, अबु जायद

यस्तै विश्वकप अगाडी मे ५ तारिख देखि आयोजक आयरल्याण्ड र वेस्ट इन्डिज सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजमा समेत सहभागी हुनेछ। उक्त सिरिजको लागि समेत आजै टिमको घोषणा गरिएको छ।

एकदिवसीय त्रिकोणात्मक सिरिज खेल्ने बंगलादेशको टिम:

मोस्राफे बिन मोर्ताजा (कप्तान), तामिम इकबाल, लिटन दास, सौम्य सरकार, मुश्फिकर रहिम (विकेट किपर), महमदुल्लाह, साकिब अल हसन (उप-कप्तान), मोहम्मद मिथुन, सबिर रहमान, मोसद्देक हुसैन, मोहम्मद सैफुदीन, मेहिदी हसन मिराज, रुबेल हुसैन, मुस्ताफिजुर रहमान, अबु जायद, नईम हसन, यासिर अलि

भारतीय टिम: विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, केदार जाधव, एमएस धोनी, दिनेश कार्तिक, विजय शंकर, हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, कुलदिप यादव, युज्भेन्द्र चहल, भुवनेश्वर कुमार, मोहम्मद शामी र जस्प्रित बुम्राह

Australian Squad

अष्ट्रेलियन टोलीमा कप्तान फिंचसंगै जेसन बेरेनड्रफ, एलेक्स केरी, नेथन कुल्टर नाइल, प्याट कमिन्स, उश्मान ख्वाजा, नेथन लायन, शन मार्श, ग्लेन म्याक्स्वेल, झाए रिचार्डसन्, स्टिभ स्मिथ, मिचल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा रहेका छन्।

न्युजिल्यान्ड टिम :- केन विलियम्सन (कप्तान), टोम ब्लुण्डेल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम, ल्युक फर्गुसन, मार्टिन गप्तिल, म्याट हेनरी, टोम लाथम, कोलिन मुन्रो, जिम्मी निशम, हेनरी निकोलस, मिचेल स्यान्टनर, इश सोढी, टिम साउदी, रोस टेलर

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy