दुई हसन चम्किदा बंगलादेश बलियो अवस्थामा

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत एक मात्र टेस्टमा भ्रमण टोलि दोश्रो इनिंग्समा ठूलो अग्रतातर्फ अघि बढेको छ।

टेस्टको पहिलो इनिंग्समा ४६८ रन बनाएपछि ब्याटिंग गरेको जिम्बाब्वेले पहिलो इनिंग्समा २७६ रन मात्र बनाउन सक्यो। तेश्रो दिन दोश्रो इनिंग्स थालेको बंगलादेशले विकेट नगुमाई ४५ रन बनाएको छ। दोश्रो इनिंग्समा बंगलादेशले २३७ रनको अग्रता हाँसिल गरिसकेको छ। दिनको समाप्तिमा क्रिजमा शदमान इस्लाम २२ तथा सैफ हसन २० रन बनाएर ब्याटिंग गरिरहेका छन्।

यस अघि तेश्रो दिनको सुरुवात ११४/१ को अवस्थाबाट गरेको जिम्बाब्वेले १११.५ ओभरमा २७६ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।

जिम्बाब्वेको लागि ओपनर ताकुदज्वान्शे काटीयानोले सर्वाधिक ८७ रन, कप्तान ब्रेण्डन टेलरले ८७ रन बनाए। यस्तै मिल्टन शुम्बाले ४१, रेगिस चकाभाले अविजित ३१ तथा डायन मेयर्सले २७ रन योगदान दिए। दोश्रो विकेटको लागि काटीयानो र टेलर बीच ११५ रनको तथा तेश्रो विकेटको लागि काटीयानो र मेयर्स बीच ४९ रनको साझेदारी भएको थियो।

एक समय २२५ रनमा मात्र २ विकेट गुमाएको जिम्बाब्वेको मध्यक्रम ब्याट्सम्यानहरु चलन नसक्दा थप ५१ रन जोड्दा बाँकी ८ विकेट गुमाउन पुग्यो। ४ जना ब्याट्सम्यानहरु खाता नखोली आउट भएका थिए।

बंगलादेशको बलिंगमा अफ स्पिनर मेहदी हसनले ५ विकेट ( ३१-५-८२-५ ) तथा देब्रे हाते स्पिनर शाकिब अल हसनले ४ विकेट ( ३४.५-१०-८२-४ ) लिए। तास्किन एहमदको नाममा १ विकेट रह्यो।

बंगलादेशले पहिलो इनिंग्समा महमुदुल्लाहको १५०, लिटन दासको ९५, तास्किन एहमदको ७५ तथा मोमिनुल हकको ७० रन मद्दतले ४६८ रनको विशाल योगफल तयार गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy