एसियाकप क्रिकेटको ईतिहासमा भारतको पहिलो हार

  • विकेटनेपाल, जेठ २४ – बिहिबार

मलेसियामा जारि महिला एसिया कप टि२० क्रिकेट प्रतियोगितामा भारत बंगलादेशसँग पराजित भएको छ। यो भारतको महिला टिमले एसियाकप क्रिकेटमा प्राप्त गरेको पहिलो हार हो। यसअघि भारतले खेलेका २२ एकदिवसीय र १२ टि२० खेलमा अपराजित यात्रा कायम राखेको थियो।

भारतबिरुद्द कुनैपनि फर्म्याटमा पहिलोपल्ट जित प्राप्त गर्नेक्रममा भारतले दिएको १४२ रनको जितको लक्ष्य बंगलादेशले २ बल अगावै मात्र ३ विकेट गुमाएर पुरा गर्यो। बंगलादेशको जितमा कुनै समय ४९/३ मा रहेको अवस्थाबाट फर्गाना हकले अविजित ५२ रन (४६ बल, ५ चौका) तथा कप्तान रुमाना अहमदले अविजित ४२ रन (३४ बल, ६ चौका) बनाउँदै चौथो विकेटको लागि ९३ रनको साझेदारी गरेका थिए।

म्यान अफ द म्याच समेत घोषित कप्तान रुमाना अहमदले अविजित ४२ रनका साथै भारतलाई कम योगफलमा रोक्न ४ ओभरमा २१ रन खर्चेर ३ विकेट समेत हात पारेकी थिइन्।

भारतका लागि १४१/७ को योगफल तयार पार्न कप्तान हर्मनप्रित कौरले ४२ रन (३७ बल) तथा दिप्ती शर्माले ३२ रन (२८ बल) बनाउँदै ४२ बलमा ५० रनको साझेदारी गरेका थिए। तर जब दुबै ब्याट्सवुमन छिटो अन्तरालमा आउट भए, भारतले अन्तिम ४ ओभरमा मात्र २२ रन बनाउन सक्यो। भारतका हर्मनप्रित कौर, दिप्ती शर्मा र अन्जली पाटिललाई रुमना अहमदले आउट गरिन।

अन्तिम ४ ओभरमा जितको लागि ३२ रन आबश्यक रहेकोमा फर्गानाले १७ औं ओभरमा १२ रन तथा त्यसपछिको ओभरमा रुमानाले १० रन बनाउँदै खेललाई जित नजिक पुर्याए। अन्तिम ओभरमा जितको लागि ४ रन चाहिएको अवस्थामा ४ सिंगल निकाल्दै ऐतिहासिक जित हात पारे।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]