एसियाकप क्रिकेटको ईतिहासमा भारतको पहिलो हार

  • विकेटनेपाल, जेठ २४ – बिहिबार

मलेसियामा जारि महिला एसिया कप टि२० क्रिकेट प्रतियोगितामा भारत बंगलादेशसँग पराजित भएको छ। यो भारतको महिला टिमले एसियाकप क्रिकेटमा प्राप्त गरेको पहिलो हार हो। यसअघि भारतले खेलेका २२ एकदिवसीय र १२ टि२० खेलमा अपराजित यात्रा कायम राखेको थियो।

भारतबिरुद्द कुनैपनि फर्म्याटमा पहिलोपल्ट जित प्राप्त गर्नेक्रममा भारतले दिएको १४२ रनको जितको लक्ष्य बंगलादेशले २ बल अगावै मात्र ३ विकेट गुमाएर पुरा गर्यो। बंगलादेशको जितमा कुनै समय ४९/३ मा रहेको अवस्थाबाट फर्गाना हकले अविजित ५२ रन (४६ बल, ५ चौका) तथा कप्तान रुमाना अहमदले अविजित ४२ रन (३४ बल, ६ चौका) बनाउँदै चौथो विकेटको लागि ९३ रनको साझेदारी गरेका थिए।

म्यान अफ द म्याच समेत घोषित कप्तान रुमाना अहमदले अविजित ४२ रनका साथै भारतलाई कम योगफलमा रोक्न ४ ओभरमा २१ रन खर्चेर ३ विकेट समेत हात पारेकी थिइन्।

भारतका लागि १४१/७ को योगफल तयार पार्न कप्तान हर्मनप्रित कौरले ४२ रन (३७ बल) तथा दिप्ती शर्माले ३२ रन (२८ बल) बनाउँदै ४२ बलमा ५० रनको साझेदारी गरेका थिए। तर जब दुबै ब्याट्सवुमन छिटो अन्तरालमा आउट भए, भारतले अन्तिम ४ ओभरमा मात्र २२ रन बनाउन सक्यो। भारतका हर्मनप्रित कौर, दिप्ती शर्मा र अन्जली पाटिललाई रुमना अहमदले आउट गरिन।

अन्तिम ४ ओभरमा जितको लागि ३२ रन आबश्यक रहेकोमा फर्गानाले १७ औं ओभरमा १२ रन तथा त्यसपछिको ओभरमा रुमानाले १० रन बनाउँदै खेललाई जित नजिक पुर्याए। अन्तिम ओभरमा जितको लागि ४ रन चाहिएको अवस्थामा ४ सिंगल निकाल्दै ऐतिहासिक जित हात पारे।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy