११ बुंदे माग राख्दै बंगलादेशी राष्ट्रिय क्रिकेटरहरु अनिश्चितकालिन बिरोधमा , भारत भ्रमण अन्योलमा

बंगलादेश राष्ट्रिय क्रिकेटरहरुले देशमा क्रिकेट सुधार गर्न बिभिन्न माग राख्दै कुनै पनि क्रिकेट गतिविधिमा अनिश्चितकालको लागि सहभागिता नजनाउने घोषणा गरेका छन्।

यसको तुरुन्त असर राष्ट्रिय क्रिकेट लिग प्रथम श्रेणी क्रिकेट प्रतियोगितामा परेको छ जुन अहिले जारि रहेको छ। यस्तै आगामी महिना हुने भारत टुरको लागि प्रशिक्षण र टुर समेत प्रभावित हुने भएको छ।

खेलाडीहरुले ११ बुंदे माग राखेका छन् जसमा बंगलादेश क्रिकेट बोर्डले गत महिना गरेको बंगलादेश प्रिमियर लिगको मोडल परिवर्तनको माग समेत रहेको छ।

राष्ट्रिय क्रिकेट एकेडेमीमा भएको पत्रकार सम्मेलनमा शाकिब अल हसन र महमदुल्लाह लगायत खेलाडीहरुले माग बारे बताएका थिए।

“हाम्रो मागहरु पुरा भए पछि मात्र पुनः पहिले जस्तै सेवा सुरु गर्नेछौ। हामिले चाहेको क्रिकेटको सुधार हो। हामि मध्ये कोहि अझ १० वर्ष क्रिकेट खेल्ने छौँ, कोहि ४-५ वर्ष। हामि खेलाडीहरुको लागि राम्रो वातावरण चाहन्छौं” शाकिबले बताए।

बंगलादेश क्रिकेट बोर्डका सीइओ निजामुद्दिन चौधरीले अधिकारिक रुपमा खेलाडीको माग प्राप्त भएपछि बोर्डले यो विषयमा कदम चाल्ने बताए।

यस्ता छन् ११ बुंदे मागहरु :- 

१. ‘क्रिकेटर्स वेलफेयर एसोसिएसन’को नेतृत्वले तुरुन्त राजीनामा दिनुपर्छ। खेलाडीहरुले अब आगामी कमिटि चयन गर्न भोट हाल्न पाउनुपर्छ।

२. ढाका प्रिमियर लिग पहिलेकै स्वरूपमा फर्किनुपर्नेछ जहाँ खेलाडीहरुले आफुले चाहेको टिमबाट खेल्न पाउनु पर्छ र आफ्नो तलब आफै निर्धारण गर्न सक्नेछन्।

३. बंगलादेश प्रिमियर लिग पहिलेकै फ़्रेन्चाइज् मोडलमा फर्किनु पर्नेछ। लोकल खेलाडीहरुको पनि विदेशी खेलाडी समान बेस प्राइज हुनुपर्नेछ।

४. प्रथम श्रेणी क्रिकेटको तलब नकै कम रहेको छ जुन बढ्नु पर्छ जुन करिब १ हजार २ सय डलर प्रति खेल ( ३०० प्रतिशतले बृद्दि ) हुनुपर्नेछ।

५. जिम, इन्डोर नेट, मैदान सबैको स्तर बृद्दि हुनुपर्छ र टिमहरुसंग वर्षभर प्रशिक्षक र फिजियो उपलब्ध हुनुपर्छ। बलको स्तर तथा खेलाडीले पाउने दैनिक भत्ता वृद्धि हुनुपर्छ। खेलाडी बस्ने होटलको स्तर कम्तिमा टु-स्टार स्तरको हुनु पर्छ जहाँ जिम र स्विमिंग पुल समेत हुनेछ।

६. सेन्ट्रल कन्ट्रयाक्ट भएका खेलाडी संख्या बढाएर ३० पुर्याउनु पर्नेछ।

७. ग्राउन्डस् म्यान, लोकल कोच, अम्पायर, फिजियो , ट्रेनर सबैको स्तर वृद्धि गर्नुपर्छ।

८. दुइ वटा घरेलु प्रथम-श्रेणी प्रतियोगिताहरु रहेका छन् भएन मात्र एउटा एकदिवसीय र टि-२० प्रतियोगिता रहेको छ। एउटा अर्को एकदिवसीय र टि-२० प्रतियोगिता आयोजना गरिनुपर्छ।

९. घरेलु प्रतीयोगीताको लागि नियमित क्यालेन्डर आवस्यक छ।

१०. ढाका प्रिमियर लिगको पाउन बाँकी तलबहरु समयमा वितरण गर्नुपर्छ।

११. राष्ट्रिय टिमबाट खेलाडी खालि हुँदा खेलाडीहरुले विदेशी लिग खेल्न कम्तिमा २ वटा एनओसी दिनुपर्छ।

शाकिब अल हसनले महिला क्रिकेटरहरुलाई अहिले समावेस नगरिएको भएता पनि उनिहरु पनि यस्तै माग सहित आए संगै माग प्रस्तुत गरे बताए।

( श्रोत – इएसपीएन क्रिकइन्फो )





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]