- विकेटनेपाल, जेठ ४ – शनिबार
आयरल्याण्डमा सम्पन्न बंगलादेश र वेस्ट इन्डिज सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधी बंगलादेशले जितेको छ। फाइनल खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ७ बल बाँकी छदा नै ५ विकेटले पराजित गर्यो।
बंगलादेशले दुईभन्दा बढी राष्ट्र सम्मिलित प्रतियोगिताको नक-आउट खेल जितेको यो पहिलोपल्ट हो। यसअघि खेलेका ५ एकदिवसीय सिरिज, १ टि२० सिरिज, १ च्याम्पियन्स ट्रफी सेमिफाइनल, १ विश्वकप क्वाटरफाइनल र १ च्याम्पियन्स ट्रफी प्रि-क्वाटरफाइनल खेल खेल्दा जित निकाल्न असमर्थ रहेको थियो।
मोसाद्देक हुसैनको विस्फोटक ब्याटिंग
बंगलादेशलाई ऐतिहासिक जित दिलाउन प्लेयर अफ द म्याच घोषित मोसाद्देक हुसैनले २४ बलको सामना गर्दै २ चौका र ५ छक्काको मद्दतले ५२ रनको विस्फोटक पारि खेले। टिमलाई जितको लागि अन्तिम ३ बलमा २७ रन चाहिएको बेला उनले फेबियन एलानले गरेको २२ औं ओभरमा ३ छक्का र १ चौका सहित २५ रन बटुलेपछी खेल एकतर्फी भएको थियो।
वेस्ट इन्डिज २०.१ ओभरमा १३१/० रहेको बेला बर्षाले प्रभावित भएपछी २४ ओभर प्रति इनिंगमा झारिएको खेलमा वेस्ट इन्डिजले मात्र १ विकेट गुमाउँदै १५२ रन बनायो। त्यसपछि बंगलादेशले डीएल मेथडबाट पाएको २१० रनको लक्ष्य पाएको थियो।
२२ औं ओभरको पाचौं बलमा २ रन लिंदै मोसाद्देक हुसैनले २० बलमा आफ्नो अर्धशतक पुरा गरे जुन बंगलादेशको एकदिवसीय क्रिकेटको सर्बाधिक छिटो बनेको अर्धशतक हो।
यसअघि ओपनर तामिम इकबालले सौम्य सरकारले पहिलो विकेटको लागि ५९ रनको साझेदारी गरे। तामिम पहिलो विकेटको रुपमा १८ रन (१३ बल) बनाएर र त्यहि ओभरमा सब्बिर रहमान खाता नखोली आउट भए।
तेस्रो विकेटको लागि ४९ रनको साझेदारी गरेपछि सौम्य सरकारपनि ६६ रन (४१ बल) बनाएर पेभेलियन फर्के। त्यसपछि मुश्फिकर रहिम ३६ रन (२२ बल) र मोहम्मद मिथुन १७ रन (१४ बल) बनाएर आउट भएपछी बंगलादेश समस्यामा देखिएको थियो।
तर छैठौं विकेटको लागि मोसाद्देक हुसैन र महमदुल्लाहले अविजित ७० रनको साझेदारी गर्दै जित दिलाए। महमदुल्लाह १९ रन (१७ बल) मा अविजित रहे।
बलिंगतर्फ वेस्ट इन्डिजका शान्नोन गाब्रियल र रेइमन रेईफरले समान २/२ विकेट लिँदा फेबियन एलानले १ विकेट लिए।
होप र एम्ब्रिसको शतकीय साझेदारी
यसअघि टस हारेर पहिले ब्याटिंग गरेको वेस्ट इन्डिजले बर्षाले प्रभावित भएको खेलमा २४ ओभरको समाप्तीमा १५२/१ बनाएपछि बंगलादेशलाई डीएल मेथडमा २१० रनको लक्ष्य दिएको थियो।
वेस्ट इन्डिजको लागि ओपनर साई होप र सुनिल एम्ब्रिसले २२.४ ओभरमा १४४ रनको साझेदारी गरेका थिए।पहिलो विकेटको रुपमा आउट हुँदा होपले ६४ बलको सामना गर्दै ६ चौका र ३ छक्काको मद्दतले ७४ रन बनाए। सुनिल एम्ब्रिसले अविजित ६९ रन (७८ बल, ७ चौका) तथा ड्यारेन ब्राबोले अविजित ३ रन बनाए।
बलिंगतर्फ बंगलादेशका मेहदी हसनले विकेट लिए।