बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा सन्दिपको नाम

Sandeep Lamichhane
  • विकेटनेपाल, भदौ ३१ 

नोभेम्बर २ देखि आयोजना हुने बंगलादेश प्रिमियर लिग ( बिपीएल ) प्रतियोगिताको खेलाडीहरुको ड्राफ्टमा सन्दिप लामिछाने समेत परेका छन् ।

बिपीएल खेल्न एजेन्ट मार्फत निबेदन दिनुपर्ने हुन्छ। विकेटनेपाललाई प्राप्त खबर अनुसार वेस्ट इन्डिजका एजेन्ट मार्फत सन्दिपले लिग खेल्न निबेदन दिएका थिए।

सन्दिप सहित बंगलादेश प्रिमियर लिगको बिदेशी खेलाडीहरुको ड्राफ्ट शनिबारनै बंगलादेश क्रिकेट बोर्डले कार्यक्रम माझ घोषणा गर्नेछ।

सन्दिप सहित ड्राफ्टमा २०८ जना बिदेशी खेलाडीहरु रहेका छन् जसमा सबैभन्दा धेरै इंग्ल्याण्डबाट ६२, पाकिस्तानबाट ४६, श्रीलंकाबाट २६ जना रहेका छन् । यस्तै जिम्बाबेबाट ८ जना, दक्षिण अफ्रीका, आयरल्याण्ड, युएईबाट समान ६ जना रहेका छन् भने ३ जना खेलाडी क्यानाडा, २ जना अमेरिका तथा स्कटल्याण्ड, नेदरल्याण्डबाट १-१ जना खेलाडी ड्राफ्टमा रहेका छन् ।

नेपालबाट ड्राफ्टमा रहने सन्दिप मात्रै एक्लो खेलाडी हुन् ।

ड्राफ्टमा रहेका खेलाडीहरुलाई ७ वटा श्रेणीमा बिभाजन गरिएको छ जसमध्ये ‘ए’ श्रेणीमा रहेको खेलाडीले ७० हजार अमेरिकी डलर र सबैभन्दा कम ‘एफ’ श्रेणीमा पर्ने खेलाडीको मूल्य १० हजार अमेरिकी डलर रहेको छ ।

बंगलादेश प्रिमियर लिगको नयाँ नियम अनुसार एउटा टिमले ३ देखि ५ जना बिदेशी खेलाडी अन्तिम ११ मा खेलाउन पाउनेछ ।

ड्राफ्टमा रहेका २०८ बिदेशी खेलाडीहरुबाट एउटा टिमले कम्तिमा पनि २ जना खेलाडीहरु आफ्नो टिमको लागि किन्नुपर्नेछ । तर टिमले कति बिदेशी खेलाडी टिममा राख्ने भने निश्चित गरिएको छैन ।

नेपाली रास्ट्रिय क्रिकेट टिमका खेलाडी समेत रहेका लेग स्पिनर सन्दिपले आफ्नो खेल मार्फत २०१६ यु-१९ बिश्वकपमा बिश्वकप ध्यान आकर्षण गरेका थिए । त्यो प्रतियोगितामा उनले आयरल्याण्डसंग ह्याट-ट्रिक सहित ५ विकेट लिएका थिए भए प्रतियोगिताकै धेरै विकेट लिने सुचीमा दोश्रो स्थानमा थिए ।

नेपाली रास्ट्रिय क्रिकेट टिमबाट लगातार खेलीरहेका सन्दिपले २०१६ मै हंगकंगको घरेलु टि-२० प्रतियोगिता हंगकंग टि-२० ब्लीटज खेलीसकेका थिए जहाँ उनले स्ट्रेलियन पुर्ब कप्तान माईकल क्लार्कसंग काउलुन क्यान्टोन क्लबबाट खेल्ने मौका पाएका थिए ।

त्यस प्रतियोगिता पछि क्लार्ककै निम्तोमा सन्दिपले अस्ट्रेलियामा क्रिकेट खेल्ने र सिक्ने मौका पाएका थिए ।

यु-१९ रास्ट्रिय क्रिकेट टिमको कप्तान रहीसकेका सन्दिप हाल मलेसियामा जारि एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगितामा खेलीरहेका छन् । यु-१९ एसिया बिश्वकप छनौटमा नेपालले खराब प्रदर्शन गरेपछि उनलाई कप्तानीबाट भने हटाईएको छ । जारि प्रतियोगितामा सन्दिपले पहिलो खेलमा थाईल्याण्डसंग ७ विकेट तथा भुटानसंग ४ विकेट हात पारेका थिए ।

गत महिना सिंगापुरमा सम्पन्न यु-१९ एसिया बिश्वकप छनौटमा कुल २४ विकेट लिएका सन्दिप नेपालको लागि एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै विकेट लिने खेलाडी समेत हुन् ।

यसै बर्ष फेब्रुअरीमा बिश्व प्रसिद्ध  बेलायती क्रिकेट म्यागजिन ‘अलआउट क्रिकेट’ ले जारि गरेको बिश्व क्रिकेटमा प्रभाब बनाएका र बनाउन सक्ने खेलाडीको सुचीमा समेत सन्दिप रहेका थिए ।

यो पनि पढ्नुस :- 

 

 





थप समाचार

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]