नरैनापुरमा अत्याधुनिक रङ्गशाला निर्माण सुरु

नेपालगञ्ज, असार ३० गते । बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा एक अर्बभन्दा बढीको लगानीमा अत्याधुनिक रङ्गशाला निर्माण सुरु भएको छ । नरैनापुर–४ मा पाँच बिघा क्षेत्रफलमा सो रङ्गशाला निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

रङ्गशाला निर्माणका लागि पहिलो चरणमा माटो पटान र पर्खाल लगाउने कार्य सुरु भएको जनाउँदै गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले पाँच करोड रुपियाँ बजेट उपलब्ध गराएको बताउनुभयो ।उहाँले केन्द्र र प्रदेश सरकारले दिएको बजेटअनुसार भौतिक संरचना निर्माण गर्दै जाने योजना रहेको जनाउँदै सो रङ्गशाला बहुवर्षीय योजनाअन्तर्गत निर्माण गरिने बताउनुभयो ।

रङ्गशालाको डीपीआरअनुसार सम्पूर्ण निर्माण पूरा गर्न एक अर्ब आठ करोड ५४ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ भने रङ्गशालामा आधुनिक क्रिकेट मैदान, स्विमिङ पुल, लनटेनिस कोर्ट, बास्केटबल कोर्ट र भलिबल कोर्ट निर्माण गरिनेछ । यसका साथै रङ्गशालामा भीआईपी, भीभीआईपी र सर्वसाधारणका लागि प्यारापिट पनि निर्माण गरिने भएको छ ।

एक वर्षभित्र सडक र फिल्डको काम सम्पन्न गर्ने लक्ष्य लिइएको पालिकाका अध्यक्ष शाहले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा हुलाकी सडकदेखि रङ्गशाला जानका लागि करिब डेढ किलोमिटर बाटो निर्माण गरिनेछ ।निर्माणाधीन रङ्गशाला हुलाकी सडकदेखि डेढ किलोमिटर उत्तर सामुदायिक वनछेउमा छ ।

वन उपभोक्ता समितिले रङ्गशालाका लागि भोगचलन गर्न दिने निर्णय गरेअनुसार प्रदेश सरकारले जग्गा भोेगचलनका लागि मन्त्रिपरिषदबाट निर्णय गरिसकेको छ । केन्द्र र प्रदेश सरकारले हरेक वर्ष बजेट थप्दै जाने र अपुग बजेट स्थानीय तहले पनि विनियोजन गर्ने गाउँपालिकाले जनाएको छ ।





थप समाचार

सप्तरी प्राइड लिग-७ : राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्स सेमीफाइनलमा

सप्तरीको राजविराजमा जारि सातौँ सिजनको सप्तरी प्राइड लिग अन्तर्गत पाँचौ दिनको खेलहरु सम्पन्न भएका छन्। राजविराज राजदेवी रोयल्स र राजगढ […]

आरिफ क्यास्पियन भ्यालीको ब्रान्ड एम्बेसडर

क्यास्पियन भ्याली सेकेन्डरी स्कुल/कलेजले राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । ललितपुरको कुमारीपाटीमा रहेको […]

सप्तरी प्राइड लिग : राईनोज र रोयल च्यालेन्जर विजयी

राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत चौंथो दिन सम्पन्न दुईवटा खेलमा कञ्चनरूप राइनोज र रोयल च्यालेन्जर्स बाह्री वीरपुर विजयी भएका […]

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]