बराबरीमा टुंगियो युएई र ओमान बीचको तेश्रो एकदिवसीय

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान र युएई बीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेश्रो खेल बराबरीमा टुंगिएको छ। यो संगै तिन खेलको सिरिज युएईले २-० ले आफ्नो पक्षमा पारेको छ।

ओमानको अल अमिरात मैदानमा ओमानले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा युएईले पुरै ५० ओभर ब्याटिंग गर्दै ९ विकेट क्षेतीमा २१४ रन बनाएपछि खेल बराबरीमा टुंगिएको हो।

लक्ष्य पछ्याउने क्रममा युएईले ८ विकेट १६९ रनमा गुमाइसकेको थियो। नवौं विकेटको लागि खासिफ दाउदले जहुर खानसंग ४३ रनको साझेदारी गरे। अन्तिम ओभरमा जित्न ९ रन आवस्यक हुँदा चौंथो बलमा दाउदले चौका प्रहार गरे। जित्न २ बलमा ३ रन आवस्यक हुँदा खवर अलिले ५२ रन बनाएका दाउदलाई क्याच आउट पारे। अन्तिम बलमा जित्न ३ रन आवस्यक हुँदा अकिफ राजाले २ रन लिएपछि उनि रन आउट भए।

खराब सुरुवात गरेको युएईले ५० रन बनाउदा ४ विकेट गुमाएको थियो। पाँचौ विकेटको लागि मोहम्मद उस्मान र बसिल हमिदले ५८ रनको साझेदारी गर्दै इनिंग्स उकासेका थिए। उस्मानले ४७ तथा हमिदले २६ रन बनाए।

ओमान बलर खवर अलि ( ८-०-४९-३ ) र नेस्टर धम्बाले ( १०-२-२०-३ ) समान तिन विकेट , कलेमुल्लाहले २ तथा बिलाल खानले २ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको ओमानले ४९.३ ओभमा २१४ रन बनाएको थियो। ओमान ओपनर कश्यप प्रजापतिले सर्वाधिक ५७ रन, जिशान मक्सुदले ३६, नशिम खुसिले ३३, जतिन्दर सिंहले २६ तथा खवर अलिले २४ रन बनाए। मुहम्मद वासिमले ३५ तथा रोहन मुस्तफाले २५ रन योगदान दिए।

१२२ रनमा २ विकेट गुमाएको अवस्थामा युएई अफस्पिनर बसिल हमिदले कश्यप र मक्सुद बीचको ६४ रनको साझेदारी तोड्दै दुवै ब्याट्सम्यानलाई पेभेलियन फर्काए। त्यसपछि युएई लगातार खेलमा हावी बन्यो। युएई बलर कासिफ दाउद र जहुर खानले समान तन विकेट तथा बसिल हमिदले २ विकेट लिए। रोहन मुस्तफा र एहमद राजाले समान एक विकेट लिए।

सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल युएईले ४ विकेटले जितेको थियो।

जितपछि विश्वकप लिग-२ अंकतालिकामा ओमान २३ खेलमा १४ जित ७ हार, १ बराबर र १ नतिजाविहिन खेलसहित ३० अंक बटुल्दै शिर्षमा कायमै छ। १२ अंक सहित चौंथो स्थानमा रहेको युएईले १० खेलमा ५ जित ३ हार, १ बराबरी र १ नतिजाविहिन खेल खेलेको छ। छैठौं स्थानमा रहेको नेपालले ८ खेलमा ४ जित र ४ हार बेहोरेको छ।

अंकतालिका





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]