ब्याटिंग नचल्दा जमैका पराजित, सन्दिपले लिए २ विकेट

करेबियन प्रिमियर लिग ( सिपिएल टि-२० ) अन्तर्गत पाँचौ खेलमा सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले डिफेन्डिङ च्याम्पियन टिम बार्बेडोस ट्राइडेन्ट्ससंग ३६ रनको हार बेहोरेको छ।

हारसंगै जमैका ५ खेलमा २ जित र ३ हार पछि अंकतालिकामा ४ अंक सहित पाँचौ स्थानमा पुगेको छ। बार्बेडोस र गायनाको पनि ५ खेलमा २ जित र ३ हार सहित ४ अंकनै रहेको छ तर नेट रन रेटमा अघि रहँदै बार्बेडोस चौथो र गायना तेश्रो स्थानमा रहेको छ। सेमीफाइनल पुग्न अंकतालिकाको चौथो स्थान भित्र रहनु पर्नेछ।

जमैकाले लिगमा आगामी खेल सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्ससंग खेल्नेछ। खेल अगस्ट २९ तारिक राती १२ बजे ( नेपाली समय ) खेलिनेछ।

ब्याटिंग नचल्दा जमैका पराजित 

खेलमा बार्बेडोसले दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा जमैकाले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो।

जमैकाको लागि क्रुमाह बोनरले सर्वाधिक ३१ रन बनाए भने जर्मेन ब्ल्याकवुडले २८, मुजिब उर् रहमानले १८ तथा चाडविक वाल्टनले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। सन्दिप लामिछानेले अविजित ६ बलमा ४ रन बनाए। सुरुवात देखि विकेट गुमाएको जमैकाले पहिलो ४ विकेट ७ ओभरमा २७ रनमै गुमाएको थियो। त्यसपछि पाँचौ विकेटको लागि ब्ल्याकवुड र बोनरले ३९ रनको साझेदार गरे। उक्त साझेदारी टुटेपछि पुनः लगातार विकेट गुम्यो र जमैका खेलमा फर्कन सकेन।

अघिल्लो २ खेलमा राम्रो ब्याटिंग गरेका आन्द्रे रसेल खुट्टामा समस्याका कारण नखेल्नु जमैकालाई ठूलो नोक्सानी सावित भयो।

बायाँ हाते स्पिनर स्यान्टनरले १० रन खर्चेर २ विकट लिए

बार्बेडोसको बलिंगमा बायाँ हाते स्पिनर मिचेल स्यान्टनर ( ४-१-१०-२ ) , रेमन रिफर ( २-०-१३-२ ) , राशिद खान ( ४-०-३३-२ ) र जेसन होल्डर ( २-०-१९-२ ) ले समान २/२ विकेट लिए। हेडन वाल्सले १ विकेट ( ४-१-१७-१ ) लिए।

मेयर्सको विस्फोटक ब्याटिंग, ब्राथवेटलाई लगातार ३ छक्का 

यस अघि टस हारेर ब्याटिंग गरेको बार्बेडोसले २० ओभरमा ७ विकेट गुमाएर १४८ रन बनाएको थियो। उसको लागि तेश्रो नबरमा ब्याटिंग गरेका कायल मेयर्सले उत्कृस्ट ब्याटिंग गर्दै ८५ रन बनाए जुन क्रममा ५९ बलमा ३ चौका र ८ छक्का प्रहार गरे। मेयर्स बाहेक मिचेल स्यान्टनरले अविजित २० तथा कप्तान जेसन होल्डरले १५ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

इनिंगको १८ औं ओभरमा कार्लोस ब्राथवेटलाई मेयर्सले लगातार ५ बलमा बाउन्ड्री प्रहार गर्दै टिमलाई राम्रो योगफलतर्फ डोर्याएका थिए। यस क्रममा मेयर्सले ४ छक्का र १ चौका प्रहार गर्दै ओभरमा २९ रन बनाएका थिए। पहिलो बलमा वाइड र त्यसपछि डट बल गरेका ब्राथवेटलाई त्यसपछि लगातार ३ बलमा छक्का त्य पछि चौका र अन्तिम बलमा मेयर्सले छक्का प्रहार गरेका थिए।

कायल मेयर्सले उत्कृस्ट ब्याटिंग गर्दै ८५ रन बनाए जुन क्रममा ५९ बलमा ३ चौका र ८ छक्का प्रहार गरे

जमैकाको बलिंगमा मुजिब उर् रहमानले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १४ रन खर्चिए। यस्तै सन्दिप लामिछानेले पनि किफायती बलिंग गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए। फिडेल एड्वार्ड्स र कार्लोस ब्राथवेटले १/१ विकेट लिए।

सन्दिपको शानदार प्रदर्शन जारि , ७५ औं बलमा टुट्यो बाउन्ड्रीविहिन यात्रा

नेपाली स्पिनर सन्दिप लामिछानेले करेबियन प्रिमियर लिगको आफ्नो पाँचौ खेलमा पनि उत्कृस्ट बलिंग प्रदर्शनलाई जारि राखेका छन्।

गत सिजन आफैले प्रतिनिधित्व गरेको टिम बार्बेडोस ट्राइडेन्ट्स बिरुद्ध खेल्ने क्रममा सन्दिपले २ विकेट लिंदै ४ ओभरमा मात्र १६ रन खर्चिएका हुन्। २ विकेट संगै सन्दिपको प्रतियोगितामा विकेट संख्या ५ खेलमा ७ विकेट पुगेको छ। प्रतियोगितामा अन्तर्गत सन्दिपले पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध १ विकेट, दोश्रो खेलमा ट्रिनबागो बिरुद्ध १ विकेट, तेश्रो खेलमा गायना बिरुद्ध २ विकेट तथा चौथो खेलमा गायना बिरुद्ध १ विकेट लिएका थिए।

७५ औं बलमा टुट्यो सन्दिपको बाउन्ड्री विहिन यात्रा 

खेल सुरु हुनु अघि सन्दिपले ५२ बलसम्म बाउन्ड्री नखाई बलिंग गरेका थिए। त्यसलाई निरन्तरता दिंदै पुनः उत्कृस्ट बलिंग गरेका सन्दिपले आज स्पेलको अन्तिम ओभरमा चौका दिएका थिए। खेलमा त्यो नै सन्दिपले दिएको एउटा मात्र बाउन्ड्री थियो। सन्दिपको बाउन्ड्रीविहिन बलको यात्रा तोड्ने क्रममा मिचेल स्यान्टनरले १६ औं ओभरको चौथो बलमा लंग अनमा चौका दिएका थिए। २ बल मात्र लगातार तेश्रो खेलमा चौका/छक्का विहिन हुन सन्दिप चुके।

सन्दिपको बलिंग ओभर-ओभर 

पहिलो ओभर :- ३ रन ( १ , ० , २ , ० , ० , ० )

१० औं ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपले मात्र ३ रन खर्चिए। लगातार बार्बेडोसले रन बनाइरहेको बेला सदिपले कायल मेयर्सलाई सट प्रहार गर्न दिएनन्।

सन्दिपको बाउन्ड्रीविहिन यात्रा ७५ औं बलमा टुट्यो

दोश्रो ओभर :- १ रन दिएर १ विकेट ( ० , ०  १ , विकेट , ० , ० )

१२ औं ओभरमा सन्दिपले राशिद खानलाई क्याच आउट गराउदै जमैकालाई खेलमा हावी गराए। खाता नखोल्दै ओभरको चौथो बलमा राशिद सन्दिपलाई ठुलो सट खेल्ने चक्करमा ब्याटको माथिल्लो किनारमा लाग्दै आउट हुनपुगे। ओभरमा सन्दिपले पुनः मेयर्स र कोटे एन्डरसन जस्तो ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् र मात्र १ रन खर्चे।

तेश्रो ओभर :- ४ रन दिएर १ विकेट ( १ , १ , विकेट , ० , १ , १ )

लगातार बलिंग गर्ने क्रममा सन्दिपले १४ औं ओभरमा पनि उत्कृस्ट बलिंग गरे र ओभरको तेश्रो बलमा एसले नर्सलाई बोल्ड गरे। सन्दिपको गुगलीमा सट खेल्न खोजेका नर्सले सट मिस गरे र अफ स्टम्प सन्दिपले उडाए। ओभरमा सन्दिपले मात्र ४ रन दिए।

चौथो ओभर :- ८ रन ( १ , ० , २ , ० , ४ , १ )

सन्दिपको स्पेलको अन्तिम ओभरको चौथो बलमा मिचेल स्यान्टनरले बाउन्ड्री प्रहार गर्दै ७५ औं बलमा उनको बाउन्ड्रीविहिन बलिंगको अन्त्य गरे। सोहि चौका मद्दतले ओभरमा उनले ८ रन खर्चिए। त्यसबाहेक सन्दिपले कसिलो बलिंग गरे र स्पेल अन्त्य गरे।

प्रतियोगितामा यस अघि सन्दिपको बलिंग 

पहिलो खेल ( सेन्ट लुसिया बिरुद्ध, ४-०-२३-१ )  खेलमा पावरप्लेको ओभर पछि बलिंग गर्न आएका नेपाली लेग स्पिनर सन्दिपले आफ्नो जिम्मेवारी राम्रोसंग निभाएका थिए। उनले ४ ओभरमा २३ रन खर्चेर १ महत्वपूर्ण विकेट लिए। २५ रन बनाएर क्रिजमा जमेका ब्याट्सम्यान नजीबुल्लाह जद्रानलाई उनले चौथो ओभरमा क्याच आउट गराए। तेश्रो ओभरमा गरिएको एलबिडब्लु भने अम्पायरले नकार्दा दोश्रो विकेट लिन सन्दिप चुके।

दोश्रो खेल ( ट्रिनबागो बिरुद्ध, ४-०-३०-१ ) सन्दिपले दोश्रो खेलमा पनि मात्र १ विकेट लिएता पनि पुनः राम्रो बलिंग गरे। ३० रन खर्चेका सन्दिपले खेलमा आक्रामक ब्याटिंग गरेका सुनिल नारायणको विकेट लिंदै मुनरोसंगको साझेदारी तोडेका थिए। सन्दिपले ७.५ को राम्रो इकोनोमिले बलिंग गरे। १५ औ ओभरमा कोलिन मुनरोले गरेको स्लग स्विप बाउन्ड्री नजिक कार्लोस ब्राथवेटले क्याच छुटाउदा उनि दोश्रो विकेट लिन चुकेका थिए।

तेश्रो खेल ( गायना बिरुद्ध , ४-०-८-२ ) मुजिब उर् रहमानले लगातार विकेट लिएपछि दबाबमा रहेको गायनालाई सन्दिपले नवौं ओभरमा मात्र २ रन खर्चेर झनै दबाब थपेका थिए। त्यसपछि दोश्रो ओभरको दोश्रो बलमा शरफेन रथरफोर्डको विकेट लिएका उनले मात्र १ रन खर्चिए। तेश्रो ओभरमा रस टेलर र किमो पौललाई रन बनाउन रोक्ने क्रममा ३ रन खर्चिएपछि स्पेलको अन्तिम ओभरमा सन्दिपले कप्तान क्रिस ग्रिनलाई बोल्ड गर्दै दोश्रो विकेट लिए। चौथो ओभरमा पनि उनले २ रन मात्र खर्चे।

चौथो खेल ( गायना बिरुद्ध, ४-०-१२-१ ) लगातार दोश्रो खेल गायना बिरुद्ध खेल्ने क्रममा सन्दिपले पुनः कन्जुस्याइँपूर्ण बलिंग गरे। ४ ओभरमा १२ रन खर्चेका सन्दिपले दोश्रो खेलमा पनि शरफेन रथरफोर्डलाई क्याच आउट गराए। १० औं ओभरमा बलिंग सुरु गरेका सन्दिपले पहिलो ओभरमा ३ रन, दोश्रो ओभरमा ४ रन , तेश्रो ओभरमा १ रन तथा चौथो ओभरमा ४ रन खर्चे। यस क्रममा १६ वटा डट बल फालेका सन्दिपले दोश्रो ओभरको पहिलो बलमा विकेट लिएका थिए।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/sandeep-52-balls-without-4-or-6-wn20/

https://wicketnepal.com/jamaica-4th-m-rep-wn20-cpl/

https://wicketnepal.com/anderson-600th-wicket-wn20/

https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

https://wicketnepal.com/ashwin-mankad-controversy-free-ball-wn20/

https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]