गायनासंग बार्बेडोस पराजित, सन्दिपले लिए १ विकेट

करेबियन प्रिमियर लिग अन्तर्गत आफ्नो पाँचौ खेलमा सन्दिप लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम बार्बेडोस ट्राइडेन्ट गायना अमेजन वारियर्ससंग १२ रनले ( डी/एल )  पराजित भएको छ।

छैठौं खेलसम्म अपराजित यात्रा जारि राख्दै गायना प्लेअफ चरण पुग्ने पहिलो टिम बनेको छ।  बार्बेडोसले ५ खेल खेल्दा २ जित र ३ हार बेहोरेको छ र ४ अंक सहित चौथो स्थानमा यथावत रहेको छ।

खेलमा पहिले ब्याटिंग गर्दै बार्बेडोसले १३९ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा गुयनाले १० ओभरमा २ विकेट गुमाएर ७७ रन बनाउदा वर्षाले खेल रोकिएको थियो। त्यसको करिब १ घण्टा पछि पुनः खेल सुचारु हुनपुग्यो र २४ बलमा २० रनको नयाँ लक्ष्य पायो। ११ ओभरको समाप्तिमा पुनः खेल रोकियो। त्यसपछि डी/एल मेथडमा गुयनालाई विजेता घोषित गरिएको हो।

गुयनको लागि ब्रेण्डन किंगले सर्वाधिक अविजित ५१ रन बनाए जुन क्रममा ३४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

यस अघि बार्बेडोसले १९.२ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो। उसको लागि जेपी डुमिनिले सर्वाधिक ३८ रन बनाए। यस्तै एलेक्स हेल्सले २४ रन बनाए भने जोन्सन चार्ल्स, जस्टिन ग्रेभ्स, यसले नर्स र रेमन रेफरले समान ११ रन बनाए। २० औं ओभरमा ब्याटिंग गर्न आएका सन्दिप खाता नखोली पहिलो बलमै क्रिस ग्रिनबाट आउट भए।

सन्दिपको प्रदर्शन

ठुलो योगफल बनाउन नसक्दा सानो योगफलको रक्षा गर्नु पर्ने खेलमा सन्दिपले आफ्नो तर्फबाट राम्रो योगदान दिएका छन्। उनले कुल ३ ओभरमा २१ रन खर्चेर महत्वपूर्ण १ विकेट दिलाएर आफ्नो जिम्मेवारी पुरा गरे। वर्षाको कारण स्पेलको अन्तिम ओभर भने उनले गर्न पाएनन्।

सन्दिपको पहिलो ओभर : ८ रन ( ० , १ , ६ , ० , ० , १ ) : तेश्रो ओभरमा पहिलो ओभर बलिंग गरेका सन्दिपलाई ओभरको तेश्रो बलमा चद्रपौल हेमराजले छक्का प्रहार गरे। सन्दिपले गरेको थोरै शर्ट बलको फाइदा उठाएका हेमराजले कभर माथि छक्का प्रहार गरे। त्यस बाहेक ओभरमा कसिलो बलिंग गर्दै सन्दिपले ३ वटा डट बल फाले र ओभरमा ८ रन खर्चिए।

सन्दिपको दोश्रो ओभर : ४ रन र १ विकेट ( विकेट , १ , १ , ० , १ , १ ) : आठौँ ओभरमा बलिंग गर्ने क्रममा सन्दिपले ओभरको पहिलो बलमै विकेट दिलाए। २० रन बनाएर जमीरहेका हेमराजलाई गुगली गर्दै उनले आफैद्वारा क्याच आउट गराए। ओभरमा मात्र ४ रन खर्चेका सन्दिपले महत्वपूर्ण विकेट दिलाउदै टिमलाई समेत खेलमा फर्काए।

Sandeep Lamichhane

सन्दिपको तेश्रो ओभर : ९ रन ( ० , १ , ० , ० , ४ , ४ ) लगातार स्पेलमा बलिंग गर्न आउने क्रममा सुरुवाती ओभर कसिलो गरेता पनि ओभरको अन्तिम २ बलमा ब्रेण्डन किंगले लगातार २ वटा चौका प्रहार गरे। पहिलो बलमा लेट कट गर्दै तथा दोश्रो बलमा सन्दिपको सर्ट बललाई मिड विकेट तिर उनले चौका प्रहार गरे। ओभरमा सन्दिपले ९ रन खर्चिए।

प्रतियोगिता अन्तर्गत सन्दिपले आजको खेल सहित ५ खेलमा ६ विकेट लिएका छन्। प्रतियोगिता अन्तर्गत पहिलो खेलमा १ ओभर मात्रै बलिंग गरेका सन्दिपले दोश्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बिरुद्ध ३ विकेट लिएका थिए। तेश्रो खेलमा जमैका तल्लावाह बिरुद्ध उनले १ विकेट लिएका थिए। चौथो खेलमा सन्दिपले सेन्ट लुसिया जुक्स बिरुद्ध १ विकेट लिए। सेन्ट किट्स सन्दिप प्लेयर अफ द म्याच पनि चुनिएका थिए।

प्रतियोगिता अन्तर्गत बार्बेडोसले छैठौं खेल जमैका तल्लावाह बिरुद्ध मंगलबार खेल्नेछ। खेल नेपाली समय बिहान ३:४५ बजे सुरु हुनेछ।





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]