रेमोन रेईफरको पाँच विकेटमा बर्बाडोसको सहज जित – सिपीएल

  • विकेटनेपाल – २९ साउन, मंगलवार

शे होपले आक्रामक ८८ रन बनाएपछि वेस्ट इन्डिजमा जारि टि-२० लिग क्यारेबियन प्रिमियर लिगमा बार्बडोस ट्रिडेन्ट्सले गयाना एमाजोन वारियर्स माथि ३० रनको जित दर्ता गरेको छ। प्रतियोगितामा पहिलो खेल खेलेको बर्बाडोसले पहिलो जित हात पारेको हो।

Shai Hope
Shai Hope

गयानाको प्रोभिन्स स्टेडियममा टस हारेपछि ब्याटिंगको निम्तो पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८५ रन जोडेको थियो। उसका शे होपले आक्रामक ब्याटिंग गर्दै मात्र ४५ बलमा ६ चौका र समान छक्का सहित ८८ रन जोडेका थिए। यस्तै नोकोलस पुरणले अविजित ४५ तथा स्टिभ स्मिथले ४१ रनको इनिंग खेलेका थिए।

Steve Smith - CPL
Steve Smith – CPL

गयानाको बलिंगमा सोहेल तन्भिर, क्रिस ग्रिन, इमरान ताहिर र किमो पौलले समान १-१ विकेट लिएका।

दोस्रो इनिंगमा जितका लागि १८६ रनको लक्ष्य लिएर मैदान उत्रिएको घरेलु टोलि गयानाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन मात्र जोड्न सक्यो। गयानाको ब्याटिंगमा शर्फेन रुदरफोर्डले ४८ रन र कप्तान शोएब मालिकले ३८ रन बनाएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

बर्बाडोसलाई जित दिलाउन बलिंग तर्फ म्यान अफ द म्याच रेमोन रेईफरले ५ विकेट लिए। आफ्नो ४ ओभरको स्पेलमा उनले २० रन खर्चेर ५ विकेट चट्काए। यस्तै कप्तान जेसन होल्डर, एस्ले नर्स र वहाव रियाजको नाममा समान १-१ विकेट लिए।

जितसंगै बार्बाडोस अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ। उसको १ खेलमा जित सहित २ अंक रहेको छ। शिर्ष स्थानमा रहेको गयाना एमाजन वारियर्सको भने ३ खेलमा २ जित र १ हार सहित ४ अंक रहेको छ।

CPL - Points Table
CPL – Points Table (By Cricbuzz)

तेस्रो स्थानमा ट्रीनिबागो नाइट राइड्रर्स , चौथो स्थानमा जमैका तलावाह्ज र पाँचौं स्थानमा सन्दिप लामिछाने सम्मिलित टोलि सेन्ट किट्स एण्ड नेभिस प्याट्रीय्ट्स समान २-२ अंक सहित रहंदा अन्तिम स्थानमा भने २ खेलमा हार बेहोरेको सेन्ट लुसिया स्टार्स रहेको छ।

 

Photos : Twitter





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]