रेमोन रेईफरको पाँच विकेटमा बर्बाडोसको सहज जित – सिपीएल

२०७५ श्रावण २९, मंगलवार ०८:१७

  • विकेटनेपाल – २९ साउन, मंगलवार

शे होपले आक्रामक ८८ रन बनाएपछि वेस्ट इन्डिजमा जारि टि-२० लिग क्यारेबियन प्रिमियर लिगमा बार्बडोस ट्रिडेन्ट्सले गयाना एमाजोन वारियर्स माथि ३० रनको जित दर्ता गरेको छ। प्रतियोगितामा पहिलो खेल खेलेको बर्बाडोसले पहिलो जित हात पारेको हो।

Shai Hope
Shai Hope

गयानाको प्रोभिन्स स्टेडियममा टस हारेपछि ब्याटिंगको निम्तो पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८५ रन जोडेको थियो। उसका शे होपले आक्रामक ब्याटिंग गर्दै मात्र ४५ बलमा ६ चौका र समान छक्का सहित ८८ रन जोडेका थिए। यस्तै नोकोलस पुरणले अविजित ४५ तथा स्टिभ स्मिथले ४१ रनको इनिंग खेलेका थिए।

Steve Smith - CPL
Steve Smith – CPL

गयानाको बलिंगमा सोहेल तन्भिर, क्रिस ग्रिन, इमरान ताहिर र किमो पौलले समान १-१ विकेट लिएका।

दोस्रो इनिंगमा जितका लागि १८६ रनको लक्ष्य लिएर मैदान उत्रिएको घरेलु टोलि गयानाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन मात्र जोड्न सक्यो। गयानाको ब्याटिंगमा शर्फेन रुदरफोर्डले ४८ रन र कप्तान शोएब मालिकले ३८ रन बनाएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

बर्बाडोसलाई जित दिलाउन बलिंग तर्फ म्यान अफ द म्याच रेमोन रेईफरले ५ विकेट लिए। आफ्नो ४ ओभरको स्पेलमा उनले २० रन खर्चेर ५ विकेट चट्काए। यस्तै कप्तान जेसन होल्डर, एस्ले नर्स र वहाव रियाजको नाममा समान १-१ विकेट लिए।

जितसंगै बार्बाडोस अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ। उसको १ खेलमा जित सहित २ अंक रहेको छ। शिर्ष स्थानमा रहेको गयाना एमाजन वारियर्सको भने ३ खेलमा २ जित र १ हार सहित ४ अंक रहेको छ।

CPL - Points Table
CPL – Points Table (By Cricbuzz)

तेस्रो स्थानमा ट्रीनिबागो नाइट राइड्रर्स , चौथो स्थानमा जमैका तलावाह्ज र पाँचौं स्थानमा सन्दिप लामिछाने सम्मिलित टोलि सेन्ट किट्स एण्ड नेभिस प्याट्रीय्ट्स समान २-२ अंक सहित रहंदा अन्तिम स्थानमा भने २ खेलमा हार बेहोरेको सेन्ट लुसिया स्टार्स रहेको छ।

 

Photos : Twitter

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy