बार्बेडोसको सानदार जितमा सन्दिपले लिए १ विकेट ( भिडियो सहित )

करेबीयन प्रिमियर लिग अन्तर्गत सन्दिप लामिछानेको टिम बार्बेडोस ट्राइडेन्टले दोश्रो जित दर्ता गर्ने क्रममा सेन्ट लुसिया जुक्सलाई ७१ रनको ठुलो अन्तरले पराजित गरेको छ।

सेन्ट लुसियाको घरेलु मैदानमा उसैलाई पराजित गर्ने क्रममा बार्बेडोसले पहिले ब्याटिंग गर्दै दिएको १७३ रनको लक्ष्य पछ्याउदा सेन्ट लुसियाले १४.५ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्रै बनाउन सक्यो।

जितसंगै ४ खेलमा २ जित र २ हार बेहोरेको बार्बेडोस अंकतालिकामा ४ अंक सहत चौथो स्थानमा रहेको छ। हार पछि सेट लुसिया ५ खेलमा १ जित र ४ हारको साथ २ अंक सहित पाँचौ स्थानमा छ।

सेन्ट लुसियालाई सानो योगफलमा सिमित गर्न बार्बेडोस बलर जोशुआ बिशप र जेसन होल्डरले २/२ विकेट इए भने सन्दिप लामिछाने, रेमन  रिफर र जोश ललोरले समान १/१ विकेट लिए। सेन्ट लुसियाको लागि हार्दुस भिलजोनले सर्वाधिक ३१, कोलिन डी ग्रयाण्डहोमले २८ तथा आन्द्रे फ्लेचरले १४ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा बार्बेडोस ट्राइडेन्टले २० ओभरमा ६ विकेट गुमाएर १७२ रन बनाएको थियो। उसको लागि ओपनर जस्टिन ग्रेभ्सले सर्वाधिक ५७ रन बनाए जुन क्रममा ४५ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर जोन्सन चार्ल्सले २८ रन बनाए। पहिलो विकेटको लागि चार्ल्स र ग्रेभ्सको बीच ८१ रनको साझेदारी भएको थियो।

मध्यक्रममा जोनाथन कार्टरले ३०, जेपी डुमिनिले १८, यसले नर्सले १५ रन बनाए। जेसन होल्डरले अविजित १० रन बनाए।

सेन्ट लुसियाको लागि केसरिक विलियम्सले ३ विकेट लिए पनि ४ ओभरमा सबैभन्दा महान्सो सावित हुने क्रममा ४४ रन खर्चिए। ओबेड म्याककोयले २ विकेट लिए।

सन्दिपको प्रदर्शन 

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा १ ओभर मात्रै बलिंग गरेका सन्दिपले दोश्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बिरुद्ध ३ विकेट लिएका थिए। तेश्रो खेलमा जमैका तल्लावाह बिरुद्ध उनले १ विकेट लिएका थिए। चौथो खेलमा सन्दिपले १ विकेट लिए।


सन्दिपको पहिलो ओभर : ४ रन ( १ , ० , १ , १ , ० , १ ) : सेन्ट लुसिया ४८/४ को नाजुक अवस्थामा रहंदा बलिंग गर्न आएका सन्दिप सातौँ ओभरमा बलिंग गर्न आए। उनले ओभरमा मात्र ४ रन खर्चिए। ड्यारेन स्यामीले २ वटा र कोलिन डी ग्रयाण्ड होमले २ वटा सिंगल लिए।

सन्दिपको दोश्रो ओभर : ७ रन ( ४ , ० , विकेट  ० , २ , १  ) : लगातार स्पेलमा बलिंग गर्न आउने क्रममा सन्दिपको ओभरको पहिलो बलमै ग्रयाण्डहोमले लंग-अनमा चौका प्रहार गरे। त्यस पछि ओभरको तेश्रो बलमा २८ रन बनाएका ग्रयाण्डहोम रन आउट हुन पुगे। पहिलो बलको चौका पछि कसिलो बलिंग गर्दै सन्दिपले बाँकी ५ बलमा मात्र ३ रन दिए।

Sandeep Lamichhane

सन्दिपको तेश्रो ओभर : २ रन ( १ , ० , ० , ० , १ , ० ) : सेन्ट लुसिया ७९/७ को अवस्थामा रहंदा बलिंग गर्न आएका सन्दिपले निकै कसिलो बलिंग गरे र ब्याट्सम्यानलाई गुगली र लेग स्पिनले खेल्न मुस्किल बनाए। ओभरमा ४ वटा डट बल सहित उनले २ रन मात्र खर्चिए।

सन्दिपको चौथो ओभर : १६ रन र १ विकेट ( ६ , ६ , १ , ३ , विकेट ) १५ औं ओभरमा स्पेलको अन्तिम ओभर बलिंग गर्ने क्रममा सन्दिपको ओभरको पहिलो २ बलमा भिलजोनले लगातार २ छक्का प्रहार गरे। त्यसपछि ओभरको पाँचौ बलमा बदला लिने क्रममा भिलजोनलाई गुगलीमा बोल्ड गरे। २१ बलमा ३ छक्का प्रहार गर्दै ३१ रन बनाएका भिलजोनको विकेट संगै बार्बेडोसले खेल पनि जित्यो।

भिडियो 


पहिलो ३ ओभरमा किफायती रहेका सन्दिपले अन्तिम ओभरमा १६ रन खर्चिदा ३.५ ओभरमा २९ रन खर्चेर १ विकेट लिए।

बार्बेडोसले आगामी खेल अब आइतबार बिहान गुएना अमेजन वारियर्स बिरुद्ध खेल्ने तालिका रहेको छ।

बार्बेडोसले लिगको पहिलो खेलमा गुएना अमेजन वारियर्ससंग ४७ रनको हार बेहोरेको थियो भने दोश्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सलाई १८ रनले पराजित गरेको थियो भने तेश्रो खेलमा जमैका तल्लावाह बिरुद्ध ४ विकेटले पराजित हुन पुगेको थियो।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]