नेपालगंज कप : बर्दियाको पहिलो जितमा शुबेन्दु पाण्डे उत्कृस्ट

Shubhendu Pandey
  • विकेटनेपाल, ६ बैशाख 

आशिर्बाद पेन्ट्स नेपालगञ्ज कप टि-२० क्रिकेट प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा बर्दिया टाइगर्सले पाल्पा योद्धाजलाई ८ रनले पराजित गर्दै आफ्नो दोश्रो खेलमा पहिलो जित हाँसिल गरेको छ। पाल्पाको यो लगातार दोश्रो हार हो।

स्कोरकार्ड 

टस हारेर ब्याटिंग गरेको बर्दिया टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो। उसको लागि कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ३६ रन बनाउन ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने बिश्वास श्रेष्ठले अविजित २१ रन बनाए। यस्तै आकाश बिस्टले १८ तथा नबिन ओलीले १७ रन योगदान दिए।

Anupam Singh
अनुपम सिंहले अविजित ४४ रन बनाए

पाल्पा योद्धाजका बलर विजय चौधरीले सर्वाधिक २ विकेट लिन ४ ओभरमा ३३ रन खर्चिए। अमित तामांग, भिम धमला र यस हमालले समान १/१ विकेट हात पारे।

जवाफमा १४२ रन लक्ष्य पछ्याएको पाल्पा योद्धाजले पुरा २० ओभर ब्याटिंग गर्दा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो। अनुपम सिंहले अविजित ४४ रन तथा प्रनित थापाले ३९ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन। अनुपमले ३७ बलमा १ छक्का र ६ चौका तथा प्रनितले ३१ बलमा ५ चौका र १ छक्का हिर्काए।

Shubhendu Pandey
शुबेन्दु पाण्डे खेलको प्लेयर अफ द म्याच चुनिए

बर्दिया टाइगर्स बलर राजबिर सिंह, अविनाश बोहारा र भारत थापाले समान २/२ विकेट हात पारे। खेलको प्लेयर अफ द म्याच शुबेन्दु पाण्डे घोषित भए।

मैदानमा चियर लिडर्स





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]