बसन्त रेग्मी पहिलो खेल खेल्नेमा अनिश्चित, के भएको हो ?

Basant Regmi
  • विकेटनेपाल, माघ १० , बिहिबार 

युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले ३ एकदिवसीय र टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो एकदिवसीय भोलि शुक्रबार खेल्दै छ। दुबई स्थित आईसीसीको ग्लोबल क्रिकेट एकेडेमीमा हुने खेल नेपाली समय अनुसार ११:१५ बजे सुरु हुनेछ।

सिरिजको लागि नेपाली राष्ट्रिय टिम अन्तिम तयारी गर्दै गर्दा अनुभवी खेलाडी बसन्त रेग्मी खेल्ने वा नखेल्ने भन्नेबारे अनिश्चितता छाएको छ।

नेपाली क्रिकेट टिम सिरिज खेल्न युएई पुगेको थियो जसपछि हिजो बुधबार र आज बिहिबार नेपाली क्रिकेट टिमले आईसीसी ग्लोबल एकेडेमीमा कडा अभ्यास गर्यो। पहिलो दिन अभ्यासमा गएका रेग्मी दोश्रो दिनको अभ्यासमा भने देखिएनन्।

लेफ्ट आर्म स्पिनर बसन्त विरामी परेका कारण अभ्यास नगरेका हुन् जसकारण पहिलो एकदिवसीय खेल्ने/नखेल्ने निश्चित भएको छैन। विकेटनेपालले राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीसंग सम्पर्क गर्दा बसन्त विरामी भएको स्वीकारेका छन्।

“बसन्तलाई हल्का ज्वरो आएको हो र भोलिसम्म ठिक हुने र खेल्ने आशा गरेका छौँ” शिवाकोटीले बताए। रेग्मी खेल्ने वा नखेल्नेबारे नेपाली टिमले अन्तिम निर्णय भोलिनै उनको अवस्था हेरेर गर्नेछ।

चतुर लेफ्ट आर्म स्पिनर तथा मुस्किलमा विकेट दिलाउन सक्ने बलर बसन्त खेल्न नसके पहिलो एकदिवसीयमा नेपाललाई अवस्य घाँटा हुनेछ।

वसन्त नखेलेको खण्डमा को खेल्ला ? 

नेपाली टिममा स्पिनरको रुपमा बसन्त रेग्मी बाहेक ललित राजबंशी, सन्दिप लामिछाने र पवन सर्राफ रहेका छन्। नेपालले ३ वटै मुख्य स्पिनरलाई अन्तिम-११ मा स्थान दिएर खेल्ने हुँदा बसन्त यदी अनुपस्थित भएको खण्डमा पवन सर्राफले खेल्ने मौका पाउन सक्छन्। नेपालले अर्को देब्रे हाते स्पिनर लिएर गएको छैन। पवन सर्राफ अफ स्पिनर र अल-राउण्डरको रुपमा टिममा छन्।

Pawan Sarraf
Pawan Sarraf  ( Photo – Raman Shiwakoti )

रेग्मी नेपाली क्रिकेट टिमको महत्वपूर्ण खेलाडीको रुपमा रहँदै आएका छन्। नेपालले गत वर्ष अगस्टमा खेलेको एसिया कप छनौट प्रतियोगितामा रेग्मीले ५ खेलमा ७ विकेट लिएका थिए। ३ एकदिवसीय अन्तर्राष्ट्रियमा रेग्मीले ४ विकेट लिएका छन् भने १२ टि-२० अन्तर्राष्ट्रियमा १६ विकेट लिएका छन्।

कस्तो होला अन्तिम ११ ? परिवर्तन हुँदै छ ओपनर ? 

नेपालले पहिलो एकदिवसीयको अन्तिम-११ मा कसलाई स्थान दिनेछ हेर्न रोचक हुनेछ। टिममा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, दिपेन्द्र ऐरि, सोमपाल कामी, करन केसी गरि ६ जनाको स्थान पक्का छ भने अन्य ५ खेलाडी को हुनेछन् भोलि थाहा हुन्छ। अन्य विकेटकिपर नभएको अवस्थामा बिनोद भण्डारीले विकेट किपिङ्ग सम्हाल्ने भने निश्चित जस्तो छ।

यस अघि गत वर्ष एसिया कप छनौटमा नेपालको लागि एकदिवसीयमा ओपनिङ्ग गरेका सुबास खकुरेल र अनिल साह टिममा छैनन्। उक्त प्रतियोगितामा ज्ञानेन्द्र मल्लले पहिलो २ खेलमा ओमान र युएईसंग ओपनिङ्ग गरेका थिए भने त्यसपछिको ३ खेलमा अनिल साह र सुवास खकुरेलले ओपनिङ्ग सम्हालेका थिए। ओपनिङ्गमा ज्ञानेन्द्र मल्ल फर्कनेछन् या छैनन् हेर्न लायक हुनेछ।

Binod Bhandari
बिनोद भण्डारी ओपनिङ्गमा आउलान ?

पारस खड्का ओपनिङ्ग गर्ने हल्ला चलिरहेको छ भने बिनोद भण्डारीले पनि ओपनिङ्ग गर्ने सम्भावना प्रबल रहेको छ। भण्डारीले भर्खरै सम्पन्न मनमोहन कपमा आर्मीको लागि ओपनिङ्ग ब्याटिंग गर्नुले पनि उनि ओपनिङ्ग आउने सम्भावना देखिएको हो। बिनोदले ओपनिङ्ग गर्ने र ज्ञानेन्द्र मल्लले ओपनिङ्ग छोड्ने हो भने ओपनरको रुपमा प्रदिप ऐरि आउने सम्भावना पनि रहन्छ।

पारसले ओपनिङ्ग नगरे तेश्रो नम्बरमा ब्याटिंग गर्ने पक्का छ भने त्यसपछिको क्रममा ज्ञानेन्द्र मल्ल र दिपेन्द्र ऐरि आउन सक्नेछन्।  तल्लो मध्यक्रममा ब्याटिंगको लागि आरिफ शेख र रोहित पौडेल रहेका छन्।

सन्दिप जोरा, भिम शार्की, अविनाश बोहारा र पवन सर्राफले पहिलो एकदिवसीयमा मौका पाउने सम्भावना न्यून देखिएको छ। ३ जना खेलाडीले टि-२० फर्म्याटमा भने मौका पाउन सक्नेछन्। त्यसो भएको खण्डमा नेपालको अन्तिम ११ यस्तो हुन सक्छ।

बिनोद भण्डारी, पारस खड्का, दिपेन्द्र ऐरि, ज्ञानेन्द्र मल्ल, आरिफ शेख , रोहित पौडेल, सोमपाल कामि, करन केसी, सन्दिप लामिछाने, ललित राजबंशी र बसन्त रेग्मी/पवन सर्राफ 

नेपाली टोलि – पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), अभिनाश बोहरा, बसन्त रेग्मी, भिम शार्की, बिनोद भण्डारी (विकेट किपर), दिपेन्द्र ऐरी, करण केसी, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोहरा

युएई टोलि : मोहम्मद नबिद (कप्तान) मोहमद उस्मान (उप-कप्तान), अस्फाक अहमद, चिराग सुरी, साइमन अनवर, मोहम्मद बुता, घुलाम शाबर, इमरान हैदर, ताहिर गुघद, अमिर हायत, जाहुर खान, क्वादिर अहमद, फहद नवाज, खब्दुर शाकुर, सुल्तान अहमद, सीपी रिजवान





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]