बसन्त रेग्मी ग्यालेक्सी पेन्ट्सको ब्रान्ड एम्बेसडर

Basant Regmi
  • विकेटनेपाल ,असोज ४ , भैरहवा।

नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य, चर्चित क्रिकेटर बसन्त रेग्मीलाई स्थानिय ग्यालेक्सि पेन्टसले ब्राण्ड एम्बेसडर बनाएको छ।

बुधबार भैरहवामा आयोजित कार्यक्रममा कम्पनिले स्थानिय बासिन्दा समेत रहेका रेग्मीलाई आफनो कम्पनिबाट उत्पादित बिभिन्न प्रकारका पेन्टसहरुको प्रबद्र्धनका लागी ब्राण्ड एम्बेसडर बनाएको घोषण गर्दै दुबै पक्षले एक अर्कालाई सहयोग गर्ने संझौतापत्रमा हस्ताक्षर गरेका छन्।

रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुरमा ग्यालेक्सी पेन्टसको उद्योग रहेको छ । करिब १५ बर्ष देखि क्रिकेट खेल्दै आएका रेग्मी भैरहवाका स्थायी बासिन्दा समेत हुन्। उनले नेपाली राष्ट्रिय टिमबाट सहभागी भई नियमित रुपमा थुप्रै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलीसकेका छन्।

रेग्मीलाई एक वर्षसम्मका लागि एम्बेष्डर बनाइएको उद्योगका प्रबन्ध निर्देशक सन्तोष कुमार चौधरीले बताए। ब्राण्ड एम्बेसडर बने बापत उद्योगले रेग्मीलाई एक बर्ष सम्म क्रिकेट खेल्नका लागी भौतिक सामग्री तथा आर्थिक रुपमा पनि सहयोग गर्ने कम्पनिका संचालक त्रिबिक्रम रावलले बताए। रेग्मीले ग्यालेक्सीबाट उत्पादन हुने बस्तुहरुको बिभिन्न माध्यमबाट प्रबद्र्धन गर्नेछन् भने उत्पादित बस्तुहरुको बिज्ञापन सामग्रीमा समेत उद्योगले बसन्त रेग्मीको तस्बिर प्रयोग गर्नसक्नेछन् भने बिद्युतिय संचार माध्यममा पनि प्रयोग गर्न सक्ने संझौतापत्रमा रहेको छ।

Basant Regmi
Basant Regmi

ग्यालेक्सीसंग संझौता पछि रेग्मीले एक वर्षसम्म अन्य कुनै पेन्ट्सको बिज्ञापन लगायत प्रबद्र्धनात्मक कार्य भने गर्न पाउने छैनन्। संझौतापत्रमा उद्योगकातर्फबाट चौधरी र रेग्मीले हस्ताक्षर समेत गरेका छन्।

संझौतापत्रमा हस्ताक्षर पछि रेग्मीले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न आफू ग्यालेक्सीको एम्बेष्डर भएको बताए – ‘यही क्षेत्रमा उद्योग छ, म पनि यहीको स्थानिय भएको र स्थानिय उत्पादनलाई प्रोमोशन गर्नु सबैको दायित्व हो, उनले भने।

२०७१ सालमा स्थापना भएको उद्योगले अहिले बिभिन्न थरिका पेन्टसहरुको उत्पादन गरी बिक्री गर्दै आएको छ । उद्योगले विर्तामोड, काठमाडौं, पोखरा, अर्घाखााची, दाङ्सहित स्थानमा १३० भन्दा बढी डिलर मार्फत बिक्री प्रबद्र्धन गर्दै आएको र भबिश्यमा थप १२० डिलर चयन गरी बिक्री गर्ने योजना रहेको जनाए। अघिल्लो आर्थिक वर्षमा १० करोडको कारोबार गरेको उद्योगले चालु बर्षमा १५ करोडको आर्थिक कारोबारको लक्ष्य लिएको छ।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]