डिपिएल अक्सन आज : बसन्त रेग्मी रुपन्देहीको रणनीतिक खेलाडी, पारसको सट्टा को ?

  • विकेटनेपाल, पुष २१ , शनिवार 

धनगढी प्रिमियर लिग (डिपिएल)को अक्सन आज राजधानीको अन्नपूर्ण होटलमा हुँदैछ। तेश्रो संस्करणको डिपिएल यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म आयोजना हुँदैछ।

प्रतियोगितामा ६ सहरको प्रतिनिधित्व गर्ने टोलीहरु सहभागी हुँदैछन्। गत सिजन टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, बिराटनगर किङ्ग्स, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स ६ वटा टिम थिए भने यो सिजन पनि टिमको नाम उही हुने तर टिम मालिक भने २ वटा टिमको फरक हुने विकेटनेपाललाई जानकारी प्राप्त भएको छ।

आज बिहान ११ बजे सुरु हुने अक्सनमानै टिमहरुको र रणनीतिक खेलाडीहरुको पनि घोषणा हुने डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमीले बताएको छ।

पारस खड्का र शक्ति गौचन नखेल्दा, २ रणनीतिक खेलाडी परिवर्तन 

सबै खालको क्रिकेटबाट सन्यास लिएका शक्ति गौचनले २ सिजन रुपन्देही च्यालेन्जर्सको कप्तानी गरेका थिए भने उनि टिमको रणनीतिक खेलाडी पनि रहेका थिए। शक्ति गौचनको सन्यास पछि उनको सट्टा रुपन्देहीले बसन्त रेग्मीलाई रणनीतिक खेलाडीको रुपमा घोषणा गरिसकेको छ र उनले नै टिमको कप्तानी गर्ने सम्भावना रहेको छ।

Shakti Gauchan
Shakti Gauchan

यस्तै टिमले आफ्नो प्रशिक्षकको रुपमा पुर्व राष्ट्रिय क्रिकेटर तथा यु-१६ राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक रहेका बसन्त शाही ठकुरीलाई नियुक्त गरेको छ। गत सिजन रुपन्देही प्रतियोगिताकै कमजोर टिमको रुपमा रहेको थियो र खेलेको ५ वटै खेलमा हार बेहोरेको थियो।

पारस खड्काको सट्टा को ? 

हाल अस्ट्रेलियामा रहेका पारस खड्काले अस्ट्रेलिया जानु अघि एक मिडियासंग कुरा गर्दै डिपिएल नखेल्ने बताएका थिए। उनले डिपिएल नखेल्नुको पछाडी खास कारण भने देखाएका छैनन्। पारस पछिल्लो सिजन बिराटनगर किंग्स टिमको कप्तान तथा रणनीतिक खेलाडी रहेका थिए। पारस नखेल्ने भएपछि बिराटनगर टिमको रणनीतिक खेलाडीको रुपमा को खेलाडी रहन्छन् भन्ने कौतुहलता रहेको छ।

राष्ट्रिय टिमका खेलाडी मध्ये चर्चित खेलाडी रणनीतिक खेलाडी रहने हुँदा शरद भेसावकर, करण केसी जस्ता खेलाडीहरु आउने सम्भावना प्रबल रहेको छ। शरद पछिल्लो सिजन डिपिएल खेलेका थिएनन् भने डिपिएल पहिलो सिजन बिराटनगर किंग्सकै रणनीतिक खेलाडी र कप्तान रहेका थिए।

Paras Khadka with DPL winning trophy

उता बिराटनगर किंग्स टिमका मालिक पारस लुनियाले यो पटक टिमको स्वामित्व लिने छैनन्। टिमको स्वामित्व प्रफुल्ल बैद्यले लिनेछन् जो पछिल्लो सिजन सह-मालिकको रुपमा रहेका थिए। लुनियाले पोखरा प्रिमियर लिगमा बिराटनगर टाईटन्स टिमको स्वामित्व लिएका थिए जसको कप्तानी सन्दिप लामिछानेले गरेका थिए। यस्तै अर्को टिम टिम चौराहा धनगढीको मालिक पनि परिवर्तन हुनेछ जसको मालिक गत वर्ष स्थानीय ब्यापारी राजकुमार श्रेष्ठ रहेका थिए। त्यस बाहेक अन्य टिमको मालिकहरुमा परिवर्तन हुने छैन भन्ने जानकारी छ।

पछिल्लो वर्ष काठमाडौँ गोल्डेन्स टिमको रणनीतिक खेलाडी ज्ञानेन्द्र मल्ल, टिम चौराहा धनगढीको सोमपाल कामि, रुपन्देही च्यालेन्जर्सको शक्ति गौचन, सीवाईसी अत्तरियाको दिपेन्द्र सिंह ऐरि, महेन्द्रनगर युनाइटेडको बिनोद भण्डारी तथा बिराटनगर किंग्सको पारस खड्का रहेका थिए।

कसरि हुनेछ अक्सन ? 

डिपिएल अक्सनमा २०५ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएका छन्। एउटा टिमले १५ जना खेलाडीहरुलाई अनुबन्धित गर्नुपर्ने नियम रहेको छ। त्यसमध्ये २ जना ट्यालेन्ट हन्टबाट तथा २ जना बिदेशी खेलाडीहरु अनिवार्य समाबेश गर्नुपर्नेछ।

अस्कनको लागि नाम दर्ता गराएका खेलाडीहरुले आफ्नो न्युनतम मूल्य आफैले तोकेका छन् जुन रु. ३० हजार रुपैयाँबाट सुरु हुनेछ। खेलाडीको लागि बोलि न्युनतम ३० हजार देखि २ लाख ५० हजार रुपैयाँसम्म लाग्नेछ।

डीपीएलको पहिलो र दोस्रो संस्करणको विजेता टिम चौराह धनगढी हो । पहिलो संस्करणमा उसले विराटनगर किंग्स र दोस्रो संस्करणमा काठमाडौं गोल्डन्सलाई पराजित गर्दै उपाधि उचालेको थियो। पहिलो संस्करणको डीपीएलको बजेट १ करोड ८२ लाख थियो र कुल पुरस्कार २८ लाख ५० रुपैयाँ थियो । यस्तै दोस्रो संस्करण तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाखसहित कुल ५० लाख पुस्कार प्रदान गरिएको थियो। रुस्लान मुख्य प्रायोजक डिपिएलको तेश्रो संस्करण धनगढीको फाप्ला मैदानमा पहिलो पटक आयोजना गरिंदैछ। आयोजकले तेस्रो संस्करणको डिपिएलको अनुमानित लागत ५ करोड रुपैयाँ रहने बताएको छ।

डिपिएलको मुख्य प्रायोजकका रुपमा विजय डिस्टिलरीको रुस्लान क्रिकेट रहने छ। यस अघिको सिजनमा समेत रुस्लान डिपिएलको मुख्य प्रायोजक रहेको थियो। प्रायोजन बापत विजय डिस्टिलरीले आयोजकलाई १ करोड १० लाख बराबरको रकम बुझाउने छ। नेपाली घरेलु क्रिकेटमा योनै सर्वाधिक प्रायोजन रकम समेत रहेको छ।





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]