एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) अन्तर्गत लिगको पाँचौ खेल तथा बुधबारको दोश्रो खेलमा शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्स र करन केसी कप्तानीको काठमाडौँ किंग्स-११ प्रतिस्पर्धा गर्दैछन्।
टियु मैदान कीर्तिपुरमा टस जितेर भैरहवा ग्ल्याडीएटर्सले पहिले फिल्डिंग रोजेको छ। भैरहवाले टिममा एउटा परिवर्तन गरेको छ। चाईनाम्यान बलर तुल बहादुर थापाको स्थानमा उसले फास्ट बलिंग अलराउण्डर कृष्ण कार्कीलाई मौका दिएको छ।
यस्तै टस हारेको बिराटनगरले पनि टिममा परिवर्तन गरेको छ। अमेरिकाबाट माइनर लिग क्रिकेट खेलेर फर्किएका अनुभवी देब्रे हाते स्पिनर बसन्त रेग्मीलाई टिमले मौका दिएको छ। यस्तै फास्ट बलर रामनरेश गिरिले पनि मौका पाएका छन्।
भैरहवा ग्ल्याडीएटर्स अन्तिम ११ : Sikandar Raza,Chandrapaul Hemraj,Basant Regmi,Dilshan Munaweera,Ramnaresh Giri,Saurav Khanal,Karan KC (C),Aasif Sheikh (Wk),Anil Sah,Sumit Maharjan,Pratish GC
बिराटनगर वारियर्सको अन्तिम ११ : Upul Tharanga (Wk),Dhammika Prasad,Tamim Iqbal,Sharad Vesawkar (C),Pradeep Airee,Krishna Karki,Aarif Sheikh,Rohit Paudel,Abinash Bohara,Kushal Malla,Durgesh Gupta
लिग अन्तर्गत पहिलो खेलमा बिराटनगर चितवन टाइगर्ससंग २ विकेटले पराजित भएको थियो भने भैरहवा र पोखरा बीचको खेल नतिजाविहिन रहंदा एक/एक अंक बाँडेको थियो।
