टसमा अब सिक्का हैन ब्याट : बिग ब्यासमा देखियो अचम्मको दृश्य

२०७५ पुष ५, बिहीबार १०:१३

  • विकेटनेपाल, पौष ५ – बिहिबार

बुधबारदेखि सुरु भएको अस्ट्रेलियाको घरेलु टि२० क्रिकेट प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) मा रोमान्चक दृश्य देखियो।

प्रतियोगिताको उद्घाटन खेलमा एडिलेड स्ट्राइकर्स र ब्रिसबेन हिट खेल्ने तालिका रहेको थियो। जसका लागि दुवैजना कप्तान टस गर्न मैदानमा उत्रिए तर अचम्मको कुरा म्याच रेफ्रीले यो पल्ट अन्य क्रिकेट प्रतियोगितामा जस्तो सिक्का लिएर अगाडी बढेनन् उनको हातमा ब्याट थियो।

यसपल्टको बिबिएल देखि सिक्काको सट्टामा टस गर्नको लागि ब्याटको प्रयोग गर्न थालिएको हो। कप्तानले सिक्कामा हेड र टेल छनोट गरेजस्तै ब्याटमा हिल र फ्ल्याट छनोट गर्नेछन्। अर्थात ब्याट समतल र उचाई के आउछ त्यसको आधारमा टसको निर्णय हुने गर्छ।

बिबिएल यस्तै रोमान्चक कुराहरुलाई जोडेर प्रतियोगितालाई अझ नयाँ उचाई दिँदै मनोरन्जनात्मक बनाएर अगाडी बढ्न चाहन्छ। यसअघि पनि अन्य क्रिकेटमा खासै देख्न नपाएको क्रिकेटहरु खेलिरहेकै समयमा माइक्रोफोनको प्रयोग गरेर प्रत्यक्ष कुराकानी गर्ने कार्यले पनि बिबिएल चर्चामा छ। प्रत्यक्ष कुराकानीमा खेलाडीहरुले आफ्नो टिमको योजनाहरु समेत बताउने गरेको पाइन्छ।

बिग ब्यास लिगमा सन्दिप लामिछानेको टिम मेर्लबर्न स्टारर्सले लिगको पहिलो खेल शुक्रबार सिड्नी थन्डर्ससंग खेल्दैछ। खेल शुक्रबार नेपाली समय दिउसो २ बजे सिड्नी थन्डर्सको सामना गर्दैछ। सन्दिप लिगको पहिलो खेल खेल्ने स्टार्सले पक्का गरिसकेको छ। 

रशिद खान र एलेक्स केरीको प्रदर्शनमा स्ट्राइकरको बिजयी सुरुवात

बिग ब्यास लिगको आठौँ संस्करण अन्तर्गत हिजो भएको उद्घाटन खेलमा कोलिन इन्ग्रामको कप्तानीमा रहेको एडिलेड स्ट्राइकर्सले क्रिस लिनको कप्तानीमा रहेको ब्रिसबेन हिटलाई ५ विकेटले पराजित गरेको छ।

Rashid Khan – Photo by Getty Images

स्ट्राइकर्सको जितमा रशिद खानले ३ विकेट लिन मात्र ४ ओभरमा १९ रन खर्चिए भने एलेक्स केरीले ७० रनको पारि खेल्नेक्रममा ४६ बलको सामना गर्दै ५ चौका र ४ छक्का प्रहार गरेका थिए।

टस हारेर पहिले ब्याटिंग गरेको ब्रिसबेन हिटले १९.४ ओभरमा सबै विकेट गुमाएर १४६ रन बनाउन सकेको थियो। उसका लागि अन्तिम ब्याट्सम्यानका रुपमा क्रिजमा आएका मुजीब उर्-रहमानले २७ रनको पारि खेल्दै सम्मानजनक स्कोरमा पुर्याएका थिए।

जवाफमा स्ट्राइकर्सले ५ बल अगावै ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy