को हुन् युएई सिरिजको लागि नेपाल आउन लागेका ब्याटिंग प्रशिक्षक

  • विकेटनेपाल , पुष २६ , बिहिबार 

युएईसंग जनवरी २५ देखि नेपालले खेल्न लागेको एकदिवसीय र टि-२० सिरिजको लागि आईसीसीले नेपाली क्रिकेट टिमलाई सघाउन बिदेशी प्रशिक्षक पठाउने भएको छ।

सिरिजको लागि नेपालले बुधबार देखि तयारी सुरु गरेको छ। बुधबार जिममा बिताएको नेपाली टिमले बिहिबार देखि टियु मैदानमा अभ्यास थाल्दैछ।

यस अघि गत वर्ष मार्चमा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय बिश्व कप छनौट प्रतियोगितामा नेपाली टिमको ब्याटिंग कन्सल्टेन्ट रहेका भारतीय प्रशिक्षक उमेश पटवाल बिहिबार नेपाल पुग्ने छन्। नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीले पटवाल आउने कुराको पुस्टि गरेका छन्।

को हुन् उमेश पटवाल ? 

४६ वर्षीय पटवालले सन् २०१० को बिश्वकप छनौटमा पहिलो पटक अफगानिस्तान टिमलाई सघाएका थिए।सन् २०१४ को बंगलादेशमा सम्पन्न एसिया कप तथा २०१४ टि-२० बिश्वकपको दौरान अफगानिस्तान क्रिकेट टिमको ब्याटिंग प्रशिक्षक रहेका पटवाल भारत मुम्बईका हुन्।उनि २०१५ बिश्व कपमा पनि अफगानिस्तान टिमको ब्याटिंग प्रशिक्षक रहेका थिए। पटवाल अफगानिस्तानमा गत वर्ष सम्पन्न श्पागिजा क्रिकेट लिग प्रतियोगिताको विजेता टिम ब्याण्ड ए आमिर ड्रयागनका मुख्य प्रशिक्षक रहेका थिए।

Umesh Patwal
पटवाल एभरेस्ट प्रिमियर लिगको दौरान बिराटनगर वारियर्सका प्रशिक्षक रहेका थिए

गत वर्ष फेब्रुअरीमा नामिबियामा खेलेको डिभिजन-२ प्रतियोगितामा मुम्बईका अर्का प्रशिक्षक सुलक्षन कुल्कर्नी प्रशिक्षक थिए। कुल्कर्नीको प्रशिक्षणबाट नेपाली टिम असन्तुस्ट भए पछि बिश्व कप छनौटमा पटवाललाई आईसीसीले पठाएको थियो। पटवाललाई नेपाली टिम र बिशेस गरि पारस खड्काले मन पराएका थिए।

बिश्वकप छनौट पछि पटवाललाई पारस खड्का संलग्न टिमले आयोजना गरेको पोखरा प्रिमियर लिगमा प्रतियोगिता निर्देशकको भूमिका दिईएको थियो। पोखरा प्रिमियर लिग पछि पारसको एभरेस्ट प्रिमियर लिग टिम बिराटनगर वारियर्सको प्रशिक्षकको रुपमा समेत पटवालले काम गरेका थिए।

पटवाल भारतको भिदर्भ क्रिकेट एसोसिएसन एकेडेमी, ग्लोबल क्रिकेट स्कुल तथा पाएड क्रिकेट क्लब मुम्बईमा समेत प्रशिक्षकको रुपमा सघाउदै आएका छन्।

पटवाल प्रशिक्षण गर्ने कडा शैलीको कारण परिचित छन् जो निकै चतुर प्रशिक्षक मानिने गर्छन्। उनि फिटनेसमा बिशेष जोड दिने गर्छन्।

अनिल साह संग पटवाल ( फोटो – उमेश पटवालको फेसबुक )

प्रशिक्षक पुबुदु दासानायकेले नेपाल छोडेपछि बिभिन्न प्रशिक्षकहरुले नेपाली क्रिकेट टिमको ब्याटिंग कन्सल्टेन्टको रुपमा काम गरिसके पनि नेपालको ब्याटिंग भने खस्कदो अवस्थामा रहेको छ। वर्ष २०१८ मा नेपालको लागि कुनै पनि ब्याट्सम्यानले ३५ को औषतमा पनि रन बनाउन सकेका थिएनन् भने एउटा मात्र शतक र मात्र १४ वटा अर्ध १ वर्षमा नेपाली ब्याट्सम्यानले बनाउन सकेका थिए। बिस्तृतमा पढ्नुस

युएई सिरिजको लागि नेपाली टिम –  पारस खड्का ( कप्तान ) , अविनाश बोहारा , बसन्त रेग्मी, भिम शार्की, बिक्रम सोब , बिनोद भण्डारी, दिपेन्द्र ऐरि, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी , ललित राजबंशी , आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरि , रोहित पौडेल, सन्दिप लामिछाने, शरद भेसावकर , सोमपाल कामि , सन्दिप जोरा , सुशन भारी

( फिचर फोटो – आईथिङ्क स्पोर्ट्स )





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]