ब्याटिंग समस्या दोहोरियो, नेपाल ४० रनले पराजित

स्कटल्याण्डमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालको सुरुवात हारबाट भएको छ। नेपाललाई नामिबियाले ४० रनले पराजित गर्दै लिस्ट ए क्रिकेटमा नेपाल बिरुद्ध पहिलो जित दर्ता गर्यो।

स्कटल्याण्डको न्यु काम्बसडुन मैदानमा नामिबियाले दिएको २२१ रनको लक्ष पछ्याउने क्रममा नेपालले ४६.५ ओभरमा १८० रन मात्र बनायो। स्कोरकार्ड 

नेपालको लागि आरिफ शेखले सर्वाधिक योगदान दिने क्रममा अविजित ५० रन बनाए जुन क्रममा ८४ बलमा २ चौका प्रहार गरे। देव खनालले ३४, कुशल भुर्तेलले २७, करन केसीले १९, आसिफ शेखले १४ रन बनाए।

नेपालले आठौँ ओभरमा पहिलो विकेट गुमाएता पनि त्यसपछि लगातार विकेट गुमायो। ओपनर कुशल र आसिफको विकेटपछि देव खनाल क्रिजमा जमेता पनि रोहित पौडेल खाता नखोली तथा दिपेन्द्र ऐरी ४ रन बनाएर आउट भए। रोहित रन आउट भए। पाँचौ विकेटको लागि देव र आरिफले ४५ रनको साझेदारी गरे जुन इनिंग्समा सर्वाधिक साझेदारी रह्यो। त्यसपछि अरिफ शेखले एक किनार सम्हालेता पनि अर्को किनारमा नेपालको विकेट जाने क्रम रोकिएन। आरिफले करियरको चौंथो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक पुरा गरेता पनि उनलाई साथ दिने ब्याट्सम्यान नहुँदा नेपाल पराजित भयो।

नामिबियाको बलिंगमा डेभिड विजा, बर्नार्ड स्कल्ज र जान फ्राईलिंकले २/२ विकेट तथा रुबेन ट्रंपलमान र जेरहार्ड इरास्मसले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको नामिबियाले ४७.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२० रन बनायो।

नामिबियाको लागि जान निकोलले सर्वाधिक ६० तथा डिभान ला ककले ४१ रन योगदान दिए। सन्दिप लामिछानेले उत्कृस्ट बलिंग गर्दा माथिल्लो क्रमका ब्याट्सम्यानहरु आउट हुँदा ९८ रनमा ४ विकेट गुमाएको अवस्थामा निकोलले मध्यक्रमका ब्याट्सम्यानहरुसंग साझेदारी गर्दै ४५ औं ओभरसम्म ब्याटिंग गरे। निकोललाई सोमपाल कामीले आफ्नै बलमा क्याच आउट पारे।

नेपालको बलिंगमा कप्तान सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ५४ रन खर्चिए। सोमपाल कामिले २ विकेट ( ७-०-४४-२ ) लिंदा डेब्यु गरेका बसिर एहमद, करन केसी र दिपेन्द्र ऐरीले १/१ विकेट लिए।

सिरिज अन्तर्गत नेपालले आगामी खेल बुधबार ( जुलाई १३ ) घरेलु टोलि स्कटल्याण्डसंग खेल्नेछ।

हारपछि नेपाल विश्वकप लिग-२ अंकतालिकामा एक स्थान तल झर्दै छैठौं स्थानमा पुगेको छ भने नामिबिया पाँचौ स्थानमा उक्लेको छ। नेपालले १७ खेलमा ७ जित र ९ हार बेहोरेको छ भने १ खेल बराबरीमा टुंगिएको थियो। हेर्नुस अंकतालिका 





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]