ब्याटिंग फ्लप हुँदा युएईसंग नेपाल पराजित

युएईमा जारि आईसीसी विश्वकप लिग अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोश्रो खेलमा नेपाल घरेलु टोलि युएईसंग ४८ रनले पराजित भएको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा युएईले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपालले ३५.१ ओभरमा १२० रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

स्कोरकार्ड, अंकतालिका 

खराब सुरुवात गरेको नेपालले २७ रन बनाउदा पहिलो ३ विकेट गुमायो। कुशल भुर्तेल ११, आसिफ शेख ७ तथा दिपेन्द्र ऐरी ४ रनमा आउट भए। पाँचौ नम्बरमा ब्याटिंग गरेका रोहित पौडेलसंग तेश्रो नम्बरका ज्ञानेन्द्र मल्लले ५५ रनको साझेदारी गरे। ज्ञानेन्द्र २३ औं ओभरमा आउट भए जसले ६२ बलमा २८ रन बनाए। लगत्तै खाता नखोली आरिफ शेख आउट भए। करियरको पाँचौ अर्धशतक नजिक पुगेका रोहित पौडेल ४६ रन बनाएर ३० औं ओभरमा जहुर खानबाट क्याच आउट भए। त्यसपछि पनि विकेट जाने क्रम रोकिएन फलस्वरुप १०७/६ को अवस्थाबाट थप १३ रन जोड्दा नेपालले सम्पूर्ण विकेट गुमायो।

युएई बलर बसिल हमिदले ४ विकेट ( ५-१-१५-४ ), जुनैद सिद्दिकीले ३ विकेट ( ७.१-१-१८-३ ) तथा जहुर खान र रोहन मुस्तफाले समान १ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको युएईले ४६.३ ओभरमा १६८ रन बनाएको थियो। युएईको ब्याटिंगमा सिपि रिजवान र रोहन मुस्तफाले समान ४० रन बनाए। मुहम्मद वासिमले २१, खासिफ दौडले १८, बसिल एहमदले १४ तथा एहमद रजाले १३ रन बनाए।

सोमपाल कामिले उत्कृस्ट बलिंग गर्दा युएईको सुरुवात खराब रह्यो। सोमपालले चिराग सुरी, भृत्य अरविन्द र मुहम्मद वासिमको विकेट लिए। करन केसीले आसिफ खानको विकेट लिंदा युएई ३५/४ को अवस्थामा पुग्यो।

पाँचौ विकेटको लागि सिपि रिजवानले रोहन मुस्तफासंग ७७ रनको साझेदारी गरे। कप्तान सन्दिप लामिछानेले ३४ औं ओभरमा रिजवानलाई स्टम्प आउट गर्दै साझेदारी तोडे। ३९ औं ओभरमा मुस्तफालाई दिपेन्द्र ऐरीले बोल्ड गरे। लगत्तै बसिल एहमदलाई सागर ढकालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय विकेटको रुपमा क्याच आउट पारे। त्यसपछि युएईको तल्लो क्रम ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।

नेपालको बलिंगमा सोमपाल कामिले ४ विकेट ( ९-०-३९-४ ), करन केसीले ३ विकेट ( ७.३-१-१६-३ ) लिए। सन्दिप लामिछाने ( १०-१-३०-१ ), दिपेन्द्र ऐरी ( १०-०-४२-१ ) र सागर ढकालले ( ४-०-१३-१ ) समान १ विकेट लिए।

पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको थियो। सिरिज अन्तर्गत नेपालले तेश्रो खेल युएईसंग मार्च २१ तारिख ( सोमबार ) खेल्नेछ। यस्तै चौंथो खेल पपुवा न्यु गिनीसंग मार्च २२ तारिखमा खेल्नेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]