“ब्याटिङ समस्या सुधार हुन्छ” प्रशिक्षक प्रभाकर

नव नियुक्त नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले २/३ महिना भित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गर्नुभएको छ ।

मुख्य प्रशिक्षक प्रभाकरले आईतवार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई २÷३ महिनामा नै सुधार गर्ने बताउनुभएको हो । उहाँ नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न शनिवार नेपाल आउनुभएको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभावकरले पहिलो दिन आईतवार कीर्तिपुर स्थित त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सबै खेलाडीको ब्याटिङ हेरेको र उनीहरुमा भएको कमी कमजोरी भेटाएको भन्दै सुधार गर्ने वाचा गर्नुभयो । प्रभाकरले नेपाली खेलाडीले आईपिएलको सिको गरिरहेको भन्दै खेलाडीमा टेक्निक नभएको र टेक्निकलाई सुधार गर्ने बताउनु भयो । विश्व क्रिकेट लिग–२ मा नेपाली टोलीले २० खेल खेलिसकेको छ । नेपाली टोलीका लागि अब १६ खेल बाँकी रहेको भन्दै प्रशिक्षक प्रभाकारले धेरै भन्दा धेरै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ टोलीलाई अभ्यास गराउने बताउनु भयो ।

नेपाली टोलीले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएपनि धेरै जसो खेलमा कमजोर ब्याटिङका कारण पराजित हुने गरेको प्रशस्तै उदाहरणहरु छन् । तर पछिल्लो समय टोली भित्र नै विवाद भइरहेको अवस्थामा प्रशिक्षक प्रभाकरलाई एक ढिक्का बनाएर अगाडि बढाउनु पर्ने चुनौती छ । खेलाडीबीच गुट÷उपगुट पनि टोलीको अर्को समस्या रहेको छ । यस्तै अवस्थामा कसरी अगाडी बढाउनु हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रशिक्षक प्रभाकारले कुनैपनि परिवार भित्र समूह भएको अवस्थामा परिवारलाई सफलता नमिल्ने भन्दै र परिवार भित्रको पीडा सबैको पीडा हुने र समाधान गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भयो । यस्तो समस्या सबैतिर हुने गरेको र यसलाई समाधान गर्न जिम्मेवारी दिएको अवस्थामा समस्या सुल्झिने बताउनु भयो ।

अहिलेको अवस्थामा नेपाली टोलीभित्र युवा खेलाडीको बाहुल्यता छ । खेलाडीको औसत आयु २२ वर्ष भएको भन्दै उनीहरुका लागि सिकाई महत्वपूर्ण हुने प्रशिक्षको बुझाई छ । यस्तै उमेर समूहले छिटो सिक्ने र प्ररिणाम पनि चाँडै देखाउने विश्वास प्रशिक्षक प्रभाकर व्यक्त गर्नुभयो । प्रशिक्षक प्रभाकार क्यानेडियन प्रशिक्षक पुबुदु दाशानायकेको राजीनामा पछि नेपाल आउनुभएको हो । रासस





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]