“तितो-मिठो अन्त्य भयो” दक्षिण अफ्रिकी कप्तान बभुमा

२०७८ कार्तिक २१, आईतवार ००:०९

अन्तिम खेलमा बलियो टोलि इंग्ल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्ड र अस्ट्रेलियासंग समान ८ अंक रहेता पनि नेट रन रेटमा पछि परेपछि टि-२० विश्वकपको सेमीफाइनल पुग्न असफल भएपहि दक्षिण अफ्रिकी कप्तान तेम्बा बभुमाले तितो र मिठोसंगै अनुभव भएको बताएका छन्। खेलमा दक्षिण अफ्रीकाले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डलाई १३० रनमा रोक्न सकेको भए दक्षिण अफ्रीका सेमीफाइनल पुग्ने थियो। इंग्ल्यान्ड १० रनले पराजित हुने क्रममा १७९ रन बनाएपछि दक्षिण अफ्रीकाको सेमीफाइनल सपनाको अन्त्य भयो। इंग्ल्यान्ड समुह विजेता र उपविजेताको रुपमा अस्ट्रेलिया सेमीफाइनल पुग्यो।

“यो जित महत्वपूर्ण थियो, हाम्रो लागि तितो-मिठो अन्त्य भयो। हाम्रो खेल जित्ने चाहना पुरा भएता पनि ठूलो जित दर्ता गर्न असफल रह्यौं। प्रतियोगिताको सुरुवातमा नेट रन रेट भन्दा हामि खेल जित्न चाहन्थ्यौं। अन्तिममा नेट रन रेट मिलाउनु कठिन थियो त्यो पनि इंग्ल्यान्ड जस्तो टिमसंग।” बभुमाले बताए।

“युवा खेलाडीहरुले हामिबाट सिक्नेछन्। यसले गर्दा उनीहरुमा अनुभव र आत्मविश्वास दुवै हुनेछ। अघि बढ्नको लागि उनीहरुलाई ज्ञान हुनेछ जुन अगाडी विश्वकपको लागि काम लाग्नेछ। मलाई मेरो टिमप्रति गर्व छ।” उनले थपे। सुपर-१२ चरणमा दक्षिण अफ्रीका अस्ट्रेलियासंग पराजित भयो भने इंग्ल्यान्ड लगायत श्रीलंका, बंगलादेश र वेस्टइन्डिजलाई पराजित गर्यो।

हारको बाबजुद समुह विजेताको रुपमा सेमीफाइनल पुगेपछि इंग्ल्यान्ड कप्तान ओएन मोर्गनले खुसि व्यक्त गरे – “निकै खुसि छु कि समुह विजेताको रुपमा अन्त्य गरेका छौँ जुन सहज कहिले पनि थिएन। हामीले बिगत केहि वर्षमा राम्रो सेतो बल टिम विकास गरेका छौँ जुन टिममा धेरै गहिराइ छ। मलाई लाग्छ आजको विकेट निकै राम्रो थियो। दक्षिण अफ्रीकाले राम्रो ब्याटिंग गर्यो र हामीले फिल्डमा राम्रो गर्न सकेनौं त्यसैले उनीहरुले थोरै बढी रन बनाए।” इंग्ल्यान्डले सुपर-१२ चरणमा अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज र बंगलादेशलाई पराजित गर्यो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy