“तितो-मिठो अन्त्य भयो” दक्षिण अफ्रिकी कप्तान बभुमा

अन्तिम खेलमा बलियो टोलि इंग्ल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्ड र अस्ट्रेलियासंग समान ८ अंक रहेता पनि नेट रन रेटमा पछि परेपछि टि-२० विश्वकपको सेमीफाइनल पुग्न असफल भएपहि दक्षिण अफ्रिकी कप्तान तेम्बा बभुमाले तितो र मिठोसंगै अनुभव भएको बताएका छन्। खेलमा दक्षिण अफ्रीकाले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डलाई १३० रनमा रोक्न सकेको भए दक्षिण अफ्रीका सेमीफाइनल पुग्ने थियो। इंग्ल्यान्ड १० रनले पराजित हुने क्रममा १७९ रन बनाएपछि दक्षिण अफ्रीकाको सेमीफाइनल सपनाको अन्त्य भयो। इंग्ल्यान्ड समुह विजेता र उपविजेताको रुपमा अस्ट्रेलिया सेमीफाइनल पुग्यो।

“यो जित महत्वपूर्ण थियो, हाम्रो लागि तितो-मिठो अन्त्य भयो। हाम्रो खेल जित्ने चाहना पुरा भएता पनि ठूलो जित दर्ता गर्न असफल रह्यौं। प्रतियोगिताको सुरुवातमा नेट रन रेट भन्दा हामि खेल जित्न चाहन्थ्यौं। अन्तिममा नेट रन रेट मिलाउनु कठिन थियो त्यो पनि इंग्ल्यान्ड जस्तो टिमसंग।” बभुमाले बताए।

“युवा खेलाडीहरुले हामिबाट सिक्नेछन्। यसले गर्दा उनीहरुमा अनुभव र आत्मविश्वास दुवै हुनेछ। अघि बढ्नको लागि उनीहरुलाई ज्ञान हुनेछ जुन अगाडी विश्वकपको लागि काम लाग्नेछ। मलाई मेरो टिमप्रति गर्व छ।” उनले थपे। सुपर-१२ चरणमा दक्षिण अफ्रीका अस्ट्रेलियासंग पराजित भयो भने इंग्ल्यान्ड लगायत श्रीलंका, बंगलादेश र वेस्टइन्डिजलाई पराजित गर्यो।

हारको बाबजुद समुह विजेताको रुपमा सेमीफाइनल पुगेपछि इंग्ल्यान्ड कप्तान ओएन मोर्गनले खुसि व्यक्त गरे – “निकै खुसि छु कि समुह विजेताको रुपमा अन्त्य गरेका छौँ जुन सहज कहिले पनि थिएन। हामीले बिगत केहि वर्षमा राम्रो सेतो बल टिम विकास गरेका छौँ जुन टिममा धेरै गहिराइ छ। मलाई लाग्छ आजको विकेट निकै राम्रो थियो। दक्षिण अफ्रीकाले राम्रो ब्याटिंग गर्यो र हामीले फिल्डमा राम्रो गर्न सकेनौं त्यसैले उनीहरुले थोरै बढी रन बनाए।” इंग्ल्यान्डले सुपर-१२ चरणमा अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज र बंगलादेशलाई पराजित गर्यो।





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]