सोमपालको ब्लास्टर्सले दियो पारसको राइनोजलाई १३६ रनको लक्ष्य

Shankar Rana
  • विकेटनेपाल-१० कार्तिक, शनिवार

पोखरामा जारि पहिलो संस्करणको पोखरा प्रिमियर लिगको दोस्रो दिन दुई खेल संचलान हुँदैछन्। दिनको पहिलो खेलमा पारस खड्काको चितवन राइनोजले सोमपाल कामीको बुटवल ब्लास्टर्सको सामना गर्दैछ।

खेलको पहिलो इनिंगको समाप्तिमा बुटवल ब्लासटर्सले ६ विकेटको नोक्सानीमा १३५ रनको योगफल तयार गरेको छ। ब्लासटर्सका लागि शंकर रानाले सर्वाधिक ४८ रनको तथा सागर पुनले ४६ योगदान गरे।

ओपनर चिराग सुरी र तेस्रो नम्बरका ब्याट्सम्यान रोहन मुस्तफालाई चांडै गुमाएको बुटवलले चौथो नम्बरमा ब्याटिंग गर्न आएका भिम शार्कीलाई समेत छिट्टै गुमाएको थियो।

Shankar Rana
Shankar Rana

त्यसपश्चात भने पाँचौं विकेटका लागि बुटवल ब्लासटर्सका सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गर्दै टोलीको इनिंगलाई उकासे। सागर व्यक्तिगत ४८ बलमा ४६ रनको संयम इनिंग खेल्दै शक्ति गौचनको शिकार बने।

सागरको विकेटपछि ब्याटिंगमा उत्रिएका सिदान्त लोहनीले पुन: शंकर रानासंग ५० रनको साझेदारी गरे। इनिंगको अन्तिम ओभरको चौथो बलमा राना ४८ रनको स्कोरमा रन आउट हुनपुगे। त्यसक्रममा उनले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गर्न सफल रहे।

सिदान्त लोहनीभने १५ बलमा २ चौका सहित १७ रन जोड्दै अविजित रहे।

Karan KC
Karan KC

चितवनको बलिंगतर्फ करन केसीले सर्वाधिक २ विकेट (४-०-२२-२) हात पारे। इनिंगको पहिलो ओभरको अन्तिम दुई बलमा करनले क्रमश चिराग सुरी र रोहन मुस्तफालाई पभेलियनको बाटो देखाएका थिए।

दिनको दोस्रो खेलमा दिउँसो काठमाण्डौ रोयल्स र धनगढी ब्लुज भिड्दै छन्। शुक्रवार सम्पन्न उद्घाटन खेलमाभने पोखरा पल्टनले बिराटनगर टाईटन्सलाई ५८ रनले पराजित गरेको थियो।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]