सोमपाल कामीको सानदार बलिंगमा ब्लासटर्सको सहज जित

Sompal Kami
  • विकेटनेपाल-१० कार्तिक, शनिवार

पोखरामा शुक्रवारबाट सुरु भएको पहिलो संस्करणको पोखरा प्रिमियर लिगमा दोस्रो दिन दुई खेल संचालन हुँदै छन्। दिनको पहिलो खेलमा सोमपाल कामीको बुटवल ब्लासटर्सले पारस खड्काको चितवन राइनोजमाथी ठूलो जित दर्ता गरेको छ।

सोमपाल कामीले उत्कृस्ट बलिंग गरेपछि बुटवलले दिएको १३६ रनको लक्ष्य चितवनका लागि कठिन साबित भयो। दोस्रो इनिंगमा चितवनले  विकेट गुमाउंदा मात्र ६५ रन जोड्न सकेपछि बुटवल ब्लासटर्सले ७० रनको सानदार जित हात पारेको हो।

चितवनको इनिंगमा भूवन कार्कीले १९ तथा पारस खड्काले १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन्। लगातार रुपमा विकेट गुमाएको चितवनले साझेदारी बनाउन नसक्दा न्यून स्कोरमानै समेटिन पुग्यो।

चितवनको ब्याटिंगलाई ध्वस्त गर्नेक्रममा बुटवलका कप्तान सोमपाल कामीले उत्कृस्ट बलिंग प्रदर्शन गरे। आफ्नो ४ ओभरको स्पेलमा सोमपालले १३ रन खर्चेर ४ विकेट हात पारे। त्यसक्रममा उनले अनिल कुमार साह, पारस खड्का, आरिफ शेख र स्मित पटेललाई पभेलियनको बाटो देखाउंदै चितवन ब्याटिंगलाई धरासायी पारे।

Butwal Blasters
Butwal Blasters

यस्तै बुटवलको बलिंगतर्फ ललित भण्डारीले २ विकेट हात पारे।

यसअघि पहिलो इनिंगको समाप्तिमा बुटवल ब्लासटर्सले ६ विकेटको नोक्सानीमा १३५ रनको योगफल तयार गरेको थियो। ब्लासटर्सका लागि शंकर रानाले सर्वाधिक ४८ रनको तथा सागर पुनले ४६ योगदान गरेका थिए।

ओपनर चिराग सुरी र तेस्रो नम्बरका ब्याट्सम्यान रोहन मुस्तफालाई चांडै गुमाएको बुटवलले चौथो नम्बरमा ब्याटिंग गर्न आएका भिम शार्कीलाई समेत छिट्टै गुमाएको थियो।

Shankar Rana
Shankar Rana

त्यसपश्चात भने पाँचौं विकेटका लागि बुटवल ब्लासटर्सका सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गर्दै टोलीको इनिंगलाई उकासेका थिए। सागर व्यक्तिगत ४८ बलमा ४६ रनको संयम इनिंग खेल्दै शक्ति गौचनको शिकार बनेका थिए।

सागरको विकेटपछि ब्याटिंगमा उत्रिएका सिदान्त लोहनीले पुन: शंकर रानासंग ५० रनको साझेदारी गरेका थिए। इनिंगको अन्तिम ओभरको चौथो बलमा राना ४८ रनको स्कोरमा रन आउट हुनपुगे। त्यसक्रममा उनले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गर्न सफल रहेका थिए।

सिदान्त लोहनीभने १५ बलमा २ चौका सहित १७ रन जोड्दै अविजित रहेका थिए।

चितवनको बलिंगतर्फ करन केसीले सर्वाधिक २ विकेट (४-०-२२-२) हात पारे। इनिंगको पहिलो ओभरको अन्तिम दुई बलमा करनले क्रमश चिराग सुरी र रोहन मुस्तफालाई पभेलियनको बाटो देखाएका थिए।

दिनको दोस्रो खेलमा दिउँसो काठमाण्डौ रोयल्स र धनगढी ब्लुज भिड्दै छन्। शुक्रवार सम्पन्न उद्घाटन खेलमाभने पोखरा पल्टनले बिराटनगर टाईटन्सलाई ५८ रनले पराजित गरेको थियो।

Karan KC
Karan KC
Pokhara Stadium
Pokhara Stadium




थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]