पारसको राइनोज र सोमपालको ब्लास्टर्स भिड्दै, कसले मार्ला बाजी ? – पिपिएल टि-२०

  • विकेटनेपाल-१० कार्तिक, शनिवार

पोखरामा जारि पहिलो संस्करणको पोखरा प्रिमियर लिगको दोस्रो दिन दुई खेल संचलान हुँदैछन्। दिनको पहिलो खेलमा पारस खड्काको चितवन राइनोजले सोमपाल कामीको बुटवल ब्लास्टर्सको सामना गर्दा दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको काठमाण्डौ रोयल्सले दिपेन्द्र सिंह ऐरीको धनगढी ब्लुजको सामना गर्नेछ।

यसअघि पहिलो दिन अन्तर्गत सम्पन्न उद्घाटन खेलमा सन्दिप लामिछानेको बिराटनगर टाईटन्सलाई शरद भेसवाकरको पोखरा पल्टनले ५८ रनले पराजित गर्दै प्रतियोगिता सुरुवात गरेको थियो।

चितवन राइनोज र बुटवल ब्लासटर्स भिड्दै :

प्रतियोगिताका दुई बलिया टोलि मानिएका बुटवल र चितवन शनिवार दिनको पहिलो खेलमा भिड्दै छन्। बुटवलको कप्तानी मार्की खेलाडी सोमपाल कामीले गर्नेछन् भने चितवनको कप्तान तथा मार्की खेलाडी पारस खड्का रहेका छन्।

खेलाडी छनौट गर्न आयोजित अक्सनमा रणनीतिक चाल लिएका पारसले टोलीमा युवा तथा अनुभवी खेलाडीहरुको सन्तुलन कायम गरेका छन्। प्रतियोगिताको दावेदारका रुपमा हेरिएको चितवनमा कप्तान पारस सहित टि-२० फर्म्याटका लागि उपयुक्त रहनसक्ने अनिल कुमार साह, करन केसी,  सोनु तामांग जस्ता बिष्फोटक ब्याट्सम्यान रहेका छन्।

Rohan Mustafa batting in Dhangadhi Premier League

टोलिको बलिंग युनिट समेत शक्ति गौचन, करन केसी, भुवन कार्की, सन्नी पटेल जस्ता खेलाडीको उपस्थितिमा बलियो देखिन्छ।

चितवनले आफ्ना बिदेशी खेलाडी स्वरूप भारतीय जोडी सन्नी पटेल र स्मित पटेललाई भित्र्याएको छ। अग्ला कदका लेग स्पिन बलर तथा बिष्फोटक ब्याटिंगको क्षमता राख्ने सन्नीले यसअघि समेत नेपाली घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरिसकेका छन्।

उता सोमपाल कामीको बुटवल ब्लासटर्सभने युवा टोलीका रुपमा प्रतियोगिताको दावेदार मानिएको छ। यसअघि धनगढी प्रिमियर लिगको उपाधि जिताईसकेका सोमपालले आफ्नो टोलीमा युवा तथा घरेलु क्रिकेटमा छाएका खेलाडीहरुको सन्तुलन बनाएका छन्।

टोलिको ब्याटिंग युनिटमा रोहन मुस्तफा, चिराग सुरी, सिदान्त लोहनी, सागर पुन, भिम शार्की, हासिम अन्सारी, शंकर राना, रबिन्द्र जंग साही जस्ता क्वालिटी ब्याट्सम्यान रहेका छन्।

Paras Khadka
Paras Khadka

यस्तै बलिंगतर्फ समेत कप्तान सोमपाल स्वयं सहित ललित भण्डारी, अविनाश बोहोरा जस्ता उत्कृस्ट खेलाडी रहेका छन्।

टोलीले आफ्ना बिदेशी खेलाडी स्वरूप युएईबाट रोहन मुस्तफा र चिराग सुरीलाई भित्र्याएको छ। मुस्तफाले नेपाली घरेलु क्रिकेटको अनुभव लिइसकेका छन् भने सुरीले सन् २०१७ को इन्डियन प्रिमियर लिगमा गुजरात लायन्सको टोलीमा स्थान पाएका थिए।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]