भिम शार्कीको अर्धशतकमा बुटवलले बनायो १५० रन

Bhim Sharki

भिम शार्कीले उत्कृस्ट इनिंग खेल्दै ५४ रन प्रहार गरेपछि पोखरा पल्टन बिरुद्धको खेलमा बुटवल ब्लास्टर्सले १५० रन जोडेको छ।

पोखरा रंगशालामा जारि पोखरा प्रिमियर लिगको तेस्रो दिनको दोस्रो खेलमा पहिले ब्याटिंग गर्दै बुटवलले ७ विकेट गुमाएर १५० रनको योगफल तयार गरेको हो।

बुटवलको इनिंगमा भिम शार्कीले सर्वाधिक ५४ रनको योगदान गरे। संयम पारि खेल्ने क्रममा भिमले ४६ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

Bhim Sharki
Bhim Sharki

ओपनर सागर पुन (२) र चिराग सुरी (५) लाई छिट्टै गुमाएको बुटवलले २० रनमा २ विकेट गुमाएको थियो। त्यसपश्चात भिम शार्की र रोहन मुस्तफाले तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गर्दै बुटवललाई राम्रो स्कोरतर्फ अगी बढाए।

मुस्तफा व्यक्तिगत ४५ रन जोड्दै शरद भेसवाकरको बलमा एल बि डब्लु धरापमा परेका थिए। ३५ बलको सामना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरे।

Rohan Mustafa
Rohan Mustafa

इनिंगको अन्त्यतर्फ सोमपाल कामीले २२ (८ बल, २ चौका, १ छक्का) र सिद्धान्त लोहनीले १३ रन (११ बल, १ छक्का) प्रहार गर्दै बुटवलको स्कोरलाई १५० रनसम्म पुर्याए।

पोखराको बलिंगमा मोहम्मद नबिदले सर्वाधिक ३ विकेट (४-०-२०-३) प्राप्त गरे। यस्तै मेहबुब आलम, ललित राजबंशी र शरद भेसवाकरले सामान १-१ विकेट चट्काए।

Mohammad Naveed
Mohammad Naveed
Sharad Vesawakar
Sharad Vesawakar




थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]