बिबिए कप : पब्लिक युथको विजयी सुरुवात

पब्लिक युथ क्याम्पसको आयोजनामा काठमाडौँको मुलपानी क्रिकेट मैदानमा ‘पीवाईसी बिबिए क्रिकेट कप’ टि-२० प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन पब्लिक युथ क्याम्पसले विजयी सुरुवात गरेको छ। उसले सैनिक आवासीय महाविद्यालयलाई ७ विकेटले पराजित गर्यो।

सैनिक आवासीयले दिएको ७३ रनको लक्ष्य पब्लिक युथले ८.५ ओभरमा भेटायो। प्लेयर अफ द म्याच समेत चुनिएका सुशान्त सिंहले १९ बलमा ४ चौका र ३ छक्का मद्दतले ४० रन तथा इर्शाद अलिले १९ रन बनाए।

टस जितेर ब्याटिंग गरेको सैनिक आवासीयले १६.४ ओभरमा ७२ रन बनायो। उसको लागि बिबेक न्यौपानेले २६ तथा प्रबि मल्लले १४ रन बनाए। पब्लिक युथका बलर रबिन साउद र सुशान्त सिंहले ३/३ विकेट लिए।

प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुनेछन्। विहान ९ बजे सुरु हुने पहिलो खेलमा बिहान कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजी र पाटन मल्टिपल क्याम्पस बीच तथा दिउँसो १ बजे सुरु हुने दोश्रो खेलमा के एण्ड के कलेज र भक्तपुर मल्टिपल क्याम्पस बीच हुनेछ।

प्रतियोगितामा कुल  १८ टोलि सहभागी छन्।

प्रतियोगिताको विजेताले ८५ हजार रुपैयाँ तथा उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै बिभिन्न विधामा उत्कृस्ट चुनिने खेलाडीहरु तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।





थप समाचार

सप्तरी प्राइड लिग-७ : राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्स सेमीफाइनलमा

सप्तरीको राजविराजमा जारि सातौँ सिजनको सप्तरी प्राइड लिग अन्तर्गत पाँचौ दिनको खेलहरु सम्पन्न भएका छन्। राजविराज राजदेवी रोयल्स र राजगढ […]

आरिफ क्यास्पियन भ्यालीको ब्रान्ड एम्बेसडर

क्यास्पियन भ्याली सेकेन्डरी स्कुल/कलेजले राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । ललितपुरको कुमारीपाटीमा रहेको […]

सप्तरी प्राइड लिग : राईनोज र रोयल च्यालेन्जर विजयी

राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत चौंथो दिन सम्पन्न दुईवटा खेलमा कञ्चनरूप राइनोज र रोयल च्यालेन्जर्स बाह्री वीरपुर विजयी भएका […]

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]