बिबिए कपको फाइनल सोमबार, उपाधीका लागि एनसीसी र कान्तिपुर कलेज भिड्ने

२०८१ असार २३, शनिबार ०९:३०

काठमाडौं । पीवाईसी टियु बिबिए क्रिकेट कपको फाइनल असार २४ मा मूलपानी मैदानमा हुने भएको छ । आयोजक एमसीडी प्रालिका प्रबन्ध निर्देशक सुनिल थापाद्वारा जारी विज्ञप्तीमा फाइनल खेल आगामी सोमबार हुन जनाईएको छ ।

फाइनलमा नेपाल कमर्स क्याम्पस (एनसीसी) र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फर्ममेसन टेक्नोलोजि (केसीएमआईटी) उपाधीको लागि खेल्दैछन् ।

फाइनल खेल सोमबार बिहान नौ बजे सुरु हुनेछ । हामी सबै क्रिकेट प्रेमीहरुलाई मूलपानी मैदानमा आउन आमन्त्रण गर्दछौं। कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु, खानेकुरा स्टलहरु र रमाइलो वातावरण हुनेछ, जसले परिवार र साथीहरुकालागि उत्कृष्ट दिन बनाउनेछ । आयोजकले जारी गरेको विज्ञप्तीमा बताईएको छ ।

फाइनल खेलको राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने समेत आयोजकले बताएको छ ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy