बिग ब्यास : रेनिगेड्सलाई हराउँदै हिट अंकतालिकाको पाचौं स्थानमा

जोए बर्न्सले विस्फोटक ब्याटिंग गर्दा अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत बिहिबार सम्पन्न ३९ औं खेलमा क्रिस लिन कप्तानीको ब्रिसबेन हिटले एरोन फिंच कप्तानीको मेलबर्न रेनिगेड्सलाई ५ विकेटले पराजित गरेको छ।

जितसंगै १० खेलमा समान ५ जित र ५ हारपछि हिट अंकतालिकाको पाचौं स्थानमा उक्लिएको छ भने १० खेलमा मात्र २ जित निकालेको रेनिगेड्स अंकतालिकाको पुछारमा रहेको छ।

क्यानवेरा स्थित मानुका ओभल मैदानमा सम्पन्न खेलमा १५० रनको मध्यम लक्ष्य पछ्याएको हिटले १८.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। उसको लागि कप्तान क्रिस लिनले ४० बलमा ४ चौका र १ छक्काको मद्धतमा ५० रनको अर्धशतकीय पारि खेले भने जोए बर्न्सले विस्फोटक ब्याटिंग गर्ने क्रममा अविजित ३४ रन बनाए। १४ बलको सामना गरेका उनले ४ चौका र १ छक्का हिर्काए।

जितका लागि अन्तिम ४ ओभरमा ३४ रनको आवश्यकता रहँदा बर्न्सले पिटर हत्जोग्लूलेको १७ औं ओभरमा २ चौका हिर्काउदै १२ रन बटुलपछि अन्तिम ३ ओभरमा हिटलाई जितका लागि २२ रनको खाँचो रहेको थियो। बर्न्सले नुर अहमदको १८ औं ओभरमा १ छक्का प्रहार गर्दै १२ रननै बटुले भने केन रिचार्डसनको १९ औं ओभरमा २ चौका हिर्काउदै टिमलाई जित दिलाएका थिए।

यसअघि लिनले म्याक्स ब्रायन्टसँग पहिलो विकेटको लागि ४६ रनको साझेदारी गरे। ब्रायन्ट आउट भएपछि लिनले दोस्रो विकेटको लागि जोए डेन्लीसँग ५९ रनको अर्धशतकीय साझेदारी गरे। त्यसपछि हिटले १२ रनको अन्तरालमा ४ विकेट गुमाएता पनि बर्न्सले ३४ रनको अविजित पारि खेल्दै टिमलाई जितसम्म डोर्याएका थिए।

रेनिगेड्सको बलिंगतर्फ पिटर हत्जोग्लूले (४-०-२८-२) सर्वाधिक २ विकेट लिए भने इमाद वासिम, केन रिचार्डसन र जॅक प्रेस्टविजले समान १ विकेट हात पारे।

यसअघि ब्याट फिलिप हारेर ब्याटिंगको निम्तो पाएको हिटले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४९ रन बनाएको थियो। उसको लागि बिउ वेब्स्टरले ४० बलमा ३ चौका र २ छक्काको मद्धतमा ५० रनको अर्धशतकीय पारि खेले भने जेक फ्रेसर-मॅकगर्कले ३३ बलमा ४० रनको योगदान दिए जुनक्रममा ४ चौका र १ छक्का हिर्काए।

हिटको बलिंगतर्फ मार्क स्टेकेटीले (४-०-२४-२) सर्वाधिक २ विकेट लिए भने जावियर बार्लेट, ज्याक वाइल्डर्मथ, मॅथ्यू कुहनेमानर मोर्ने मोर्केलले समान १ विकेट हात पारे।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]