BIG BASH : सन्दिपको टिम होबार्टको दोश्रो खेल आज

अस्ट्रेलियामा जारि एघारौं सिजनको बिग ब्यास लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम होबार्ट हरिकेन्सले आज शनिवार दोश्रो खेल खेल्दैछ।

होबार्टले आफ्नो दोश्रो खेल पनि सिड्नी सिक्सर्स बिरुद्ध खेल्नेछ। सिड्नी स्थित सिड्नी क्रिकेट ग्राउण्डमा हुने खेल नेपाली समय १:२० बजे दिउँसो सुरु हुनेछ।

पहिलो खेलमा होबार्टलाई सिड्नीले १४ रनले पराजित गरेको थियो। अंकतालिकाको शिर्ष स्थानमा रहेको सिड्नीले आफ्नो दुवै खेल जितेको छ भने होबार्ट पहिलो जितको खोजिमा छ।

पहिलो खेलमा सन्दिप लामिछानेले राम्रो प्रदर्शन गर्ने क्रममा ४ ओभरमा २४ रन खर्चेर एक विकेट लिएका थिए। उनले अस्ट्रेलियन क्रिकेटर ड्यानियल क्रिस्चियनलाई क्याच आउट पारेका थिए।

होबार्ट टिममा म्याथु वेड ( कप्तान ), ड्यारसी सर्ट, पिटर ह्यान्ड्सकम्ब, टिम डेभिड, नाथन इलिस जस्ता खेलाडीहरु छन्। सिड्नीमा मोइसेस हेनरिक्स ( कप्तान ), जोश फिलिपे जेम्स भिन्स, ड्यानियल क्रिस्चियन, टम करन, क्रिस जोर्डन, स्टिभ ओ किफ जस्ता खेलाडी छन्।





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]