BIG BASH : सन्दिपको टिम होबार्टको दोश्रो खेल आज

अस्ट्रेलियामा जारि एघारौं सिजनको बिग ब्यास लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम होबार्ट हरिकेन्सले आज शनिवार दोश्रो खेल खेल्दैछ।

होबार्टले आफ्नो दोश्रो खेल पनि सिड्नी सिक्सर्स बिरुद्ध खेल्नेछ। सिड्नी स्थित सिड्नी क्रिकेट ग्राउण्डमा हुने खेल नेपाली समय १:२० बजे दिउँसो सुरु हुनेछ।

पहिलो खेलमा होबार्टलाई सिड्नीले १४ रनले पराजित गरेको थियो। अंकतालिकाको शिर्ष स्थानमा रहेको सिड्नीले आफ्नो दुवै खेल जितेको छ भने होबार्ट पहिलो जितको खोजिमा छ।

पहिलो खेलमा सन्दिप लामिछानेले राम्रो प्रदर्शन गर्ने क्रममा ४ ओभरमा २४ रन खर्चेर एक विकेट लिएका थिए। उनले अस्ट्रेलियन क्रिकेटर ड्यानियल क्रिस्चियनलाई क्याच आउट पारेका थिए।

होबार्ट टिममा म्याथु वेड ( कप्तान ), ड्यारसी सर्ट, पिटर ह्यान्ड्सकम्ब, टिम डेभिड, नाथन इलिस जस्ता खेलाडीहरु छन्। सिड्नीमा मोइसेस हेनरिक्स ( कप्तान ), जोश फिलिपे जेम्स भिन्स, ड्यानियल क्रिस्चियन, टम करन, क्रिस जोर्डन, स्टिभ ओ किफ जस्ता खेलाडी छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy