BBL : तेश्रो खेलमा सन्दिपको मध्यम प्रदर्शन, ब्याटिंगमा बनाए अविजित १३ रन

अस्ट्रेलियामा जारी बिग ब्यास अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले प्रतिनिधित्व गरिरहेको होबार्ट हरिकेन्स पर्थ स्कचर्ससंग ५३ रनले पराजित भएको छ।

होबार्टको घरेलु मैदान बेलेरिभ ओभलमा सम्पन्न खेलमा पर्थले दिएको १८३ रनको लक्ष्य पछ्याएको होबार्टले १९ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनायो। होबार्टको ब्याटिंगमा बेन म्याकडर्मोटले सर्वाधिक ४१, ड्यार्सी सर्टले ३१, टिम डेभिडले १७ तथा सन्दिप लामिछानेले अविजित १३ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरेको पर्थले २० ओभरमा ५ विकेट क्षेतीमा १८२ रन बनाएको थियो। पर्थको लागि मिचेल
मार्शले शतक बनाउने क्रममा ६० बलमा ६ चौका र ५ छक्का मद्दतले अविजित १०० रन बनाए। लौरी इभान्सले ४० रन बनाए। होबार्टको बालिगमा नाथन इलिसले २ तथा जोएल पेरिस, स्कट बोलान्ड र सन्दिप लामिछानेले समान एक विकेट लिए।

हारपछि होबार्ट ३ खेलमा १ जित र २ हार बेहोर्दै ५ अंकको साथ छैठौं स्थान मा छ। पर्थ सबै ३ खेलमा जितपछि १० अंक सहित शिर्षमा छ। होबार्टले आगामी खेल डिसेम्बर २० तारिख सोमबार पर्थसंग पर्थको घरेलु मैदानमा खेल्ने तालिका छ।

सन्दिपको प्रदर्शन

खेलमा बलिंगतर्फ सन्दिपले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए भने ब्याटिंगमा अविजित १३ रन बनाउने क्रममा ९ बलमा १ छक्का प्रहार गरे।

सन्दिपको पहिलो ओभर : इनिंग्सको छैठौं ओभरमा बलिंग गरेका सन्दिपले पहिलो बलमै जोश इंगलिशलाई क्याच आउट पारे। सन्दिपको लेग स्पिनलाई स्विप गरेका इंगलिश डिप-स्क्वायर लेगमा क्याच आउट भए। ओभरमा त्यसपछिको बाँकी सबै ५ बलमा उनले एक/एक रन दिए। ओभर समरी ( विकेट, १ १ १ १ १ )

सन्दिपको दोश्रो ओभर : आठौँ ओभरमा दोश्रो ओभर गरेका सन्दिपको अन्तिम बलमा ग्लेन टर्नरले स्लग स्विप गर्दै मिड-विकेट माथिबाट छक्का प्रहार गरे। त्यसअघि ५ बलमा उनले ४ रन दिएका थिए। ओभर समरी ( १ १ ० १ १ ६ )

सन्दिपको तेश्रो ओभर :
तेह्रौं ओभरमा तेश्रो ओभर बलिंग गरेका सन्दिपले चौंथो र छैठौ बलमा दुई वटा चौका दिए। चौंथो बलमा सन्दिपले गुग्ली गर्ने प्रयासमा लीग स्टम्पमा दिएको बललाई विकेटकिपरको छेउबाट सहजै चौका प्रहार गरे। अन्तिम बलमा लौरी इभान्सले सन्दिपको थोरै सर्ट बललाई कट गर्दै चौका प्रहार गरे। ओभर समरी ( १ लेबा १ ० ४ १ ४ )

सन्दिपको चौंथो ओभर : १६ औं ओभरमा अन्तिम ओभर गरेका सन्दिपको पहिलो बलमै मिचेल मार्शले पुल गर्दै स्क्वायार लेगमा चौका प्रहार गरे। त्यसपछि कसिलो बलिंग गरेका सन्दिपले ३ रन सिंगल मार्फत दिए। ओभर समरी ( ४ १ १ ० ० १ )

४ ओभरमा ३२ रन खर्चेका सन्दिपको यो जारि बिग ब्यास लिगको महँगो स्पेल हो। यस अघि दुवै खेलमा सन्दिपले ४ ओभरमा २४ रन खर्चेका थिए। ३ खेलमा नेपाली स्पिनरले २ विकेट लिएका छन्।

ब्याटिंग प्रदर्शन : जारि लिगमा पहिलो पटक ब्याटिंगको मौका पाएका सन्दिप ८ विकेट गुमेपछि १६ औं ओभरमा ब्याटिंगमा आएका थिए। पहिलो ४ बलमा २ रन बनाएका सन्दिपले १९ औं ओभरमा अफ स्पिनर एस्ट टर्नरलाई स्लग स्विप गर्दै डिप मिड-विकेट माथिबाट छक्का प्रहार गरे। त्यसपछिको ४ बलमा सन्दिपले ५ रन बनाए।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]