बिग ब्यास फाईनलमा सन्दिपको स्टार्स पराजित

बिग ब्यास लिग क्रिकेटको आठौँ संस्करणको फाइनल खेलमा मेलबर्न रेनेगेड्सले मेलबर्न स्टार्सलाई १३ रनले पराजित गरेको छ।

रेनेगेड्सले दिएको १४६ रनको लक्ष्य लिएर उत्रिएको स्टार्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो। टिमको स्कोर ९३ रन रहँदा तेह्रौं ओभरको समाप्तीमा पहिलो विकेट गुमाएको स्टार्सले अठारौं ओभरको पाचौं बलमा सातौँ विकेट गुमाएको थियो। उक्त ब्याटिंग कोल्याप्सपछी जिततर्फ अग्रसर बनेको स्टार्स हार व्यहोर्न बाध्य बन्यो।

यसअघि उसका ओपनरहरु बेन डंक र मार्कस स्टनोइसले पहिलो विकेटको लागि ९३ रनको उत्कृस्ट सुरुवात दिलाएका थिए। डंकले ५७ रन (४५ बल, ४ चौका, १ छक्का) तथा स्टनोइसले ३९ रन (३८ बल, २ चौका, १ छक्का) बनाए। मध्यक्रममा पिटर ह्यान्ड्सकम शुन्य रन, कप्तान म्याक्सवेल १ रन, निक म्याड्डीन्सन ६ रन, सेब गोच २ रन र ड्वाएन ब्राबो ३ रनमा  आउट भए। अन्तिममा एडम जाम्पा र ज्याक्सन बर्डले आठौँ विकेटको लागि अविजित साझेदारी गर्दै क्रमश: अविजित १० रन र ४ रन बनाए।

बलिङ्गतर्फ रेनेगेड्सका लागि क्रिस ट्रेम्यान (४-०-२१-२), क्यामरुन बोयस (४-०-३०-२) र ड्यानियल क्रिस्टियन (४-०-३३-२) ले समान २/२ विकेट लिए।  यस्तै ह्यारी गर्नेले १ विकेट लिए।

रेनेगेड्सको इनिङ्ग

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको रेनेगेड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४५ रनको योगफल तयार पारेको थियो।

खराब सुरुवात गर्दै सुरुवाती ५ विकेट मात्र ६५ रनको योगफलमा गुमाएको रेनेगेड्सको लागि टम कुपर र ड्यानियल क्रिस्चियनले अविजित ८० रनको साझेदारी गर्दै पारि सम्हालेका थिए। कुपरले अविजित ४३ रन (४५ बल, २ चौका, २ छक्का) तथा क्रिस्चियनले अविजित ३८ रन (३० बल, २ चौका, १ छक्का) प्रहार गरे।

रेनेगेड्सका मार्कस ह्यारिस १२ रन, एरोन फिन्च १३ रन, स्याम हार्पर ६ रन, क्यामरुन व्हाइट १२ रन र म्याकेन्जी हार्वे १४ रनमा आउट भएका थिए।

बलिंगतर्फ ज्याक्सन बर्ड (४-०-२५-२) र एडम जाम्पा (४-०-२१-२) ले समान २/२ विकेट लिएका थिए।

सन्दिप लामिछाने विकेट लिन असफल रहेपनि किफायती बलिंग गरेका थिए। उनले ४ ओभर बलिंग गर्दै मात्र १६ रन खर्चिंदा बाउन्ड्रीको रुपमा एक चौका मात्र। दिएका थिए।

प्लेयर अफ द फाइनल ड्यानियल क्रिस्चियन घोषित भए।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]