बिग ब्यास :होबार्टद्वारा मेलबर्नलाई १६५ रनको लक्ष्य

२०७७ पुष १८, शनिबार १३:३५

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत २३ औं खेलमा सन्दिप लामिछाने आबद्ध होबार्ट हरिकेन्स र मेलबर्न स्टार्सले प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस हारेर ब्याटिंग गरेको होबार्टले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाउदै मेलबर्नलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

होबार्टको लागि इंगलिस ब्याट्सम्यान दवीड मलानले सर्वाधिक ७५ रन बनाए जुन क्रममा ५६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। बेन म्याकडरमोटले ३१ तथा कोलिन इन्ग्रामले २६ रन बनाए।

मेलबर्नको बलिंगमा बिलि स्टानलेकले ३ तथा स्याम रेनबर्ड र कप्तान ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।

खेलमा नेपाली स्पिनर सन्दिप लामिछाने पनि होबार्टको अन्तिम-११ मा रहेका छन्।

प्रतियोगिताको अंकतालिकामा होबार्ट ६ खेलमा ४ जित र २ हार सहित १५ अंक बटुल्दै तेश्रो तथा मेलबर्न ५ खेलमा २ जित २ हार पछि १० अंक सहित पाँचौ स्थानमा रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy