बिग ब्यास लिग खेल्न सन्दिप अस्ट्रेलिया प्रस्थान, कहिले छ खेल

लगातार चौंथो सिजन अस्ट्रेलियाको बिग ब्यास लिग खेल्न नेपाली लेग स्पिनर सन्दिप लामिछाने बुधबार अस्ट्रेलिया प्रस्थान गरेका छन्।

अस्ट्रेलिया पुगेर १ दिन क्वारेन्टाइन बसेपछि सन्दिप टिमसंग अभ्यासमा जोडिनेछन्। बिग ब्यास लिगको एघारौं सिजन डिसेम्बर ५ तारिख देखि सुरु हुँदैछ जसमा सन्दिप होबार्ट हरिकेन्सको प्रतिनिधित्व गर्दैछन्। सन्दिपले गत सिजन पनि होबार्टको प्रतिनिधित्व गरेका थिए। त्यस अघि उनले २०१८/१९ र २०१९/२० सिजन मेलबर्न स्टार्सको लागि खेलेका थिए।

गत वर्ष बिग ब्यास लिग खेलेपछि सन्दिपले कुनै पनि विदेशी लिग खेलेका छैनन्। भिसा समस्याका कारण इंग्ल्यान्डको दुई वटा टि-ट्वान्टी लिग ‘द हन्ड्रेड’ र ‘टि-ट्वान्टी ब्लास्ट’ गुमाएका उनले त्यसपछि नेपालको विश्वकप लिग-२ अन्तर्गत ओमान भ्रमणका कारण करेबियन प्रिमियर लिग पनि गुमाउनु परेको थियो। यस बीचमा उनले नेपाली राष्ट्रिय क्रिकेट टिमको खेल बाहेक घरेलु क्रिकेटमा एभरेष्ट प्रिमीयर लिग टि-२० तथा काठमाडौँ मेयर्स कपमा भने सहभागिता जनाए।

सन्दिपको टिम होबार्ट हरिकेन्सले लिगको पहिलो खेल डिसेम्बर ८ तारिखमा सिड्नी सिक्सर्ससंग खेल्ने तालिका छ। हरिकेन्समा सन्दिप बाहेक विदेशी खेलाडीको रुपमा सिंगापुर ब्याट्सम्यान टिम डेभिड र इंग्ल्यान्डका ह्यारी ब्रुक्स रहेका छन्। अन्य विदेशी खेलाडीको घोषणा टिमले गरेको छैन। टिममा नाथन इलिस, पिटर ह्यान्ड्सकम्ब, बेन म्याकडरमोट, राईली मेरेडीथ, म्याथु वेड, ड्यार्सी सर्ट जस्ता खेलाडीहरु रहेका छन्।

गत सिजन बिग ब्यास लिगमा सन्दिपले ८ खेल खेल्दा ८ विकेटनै लिएका थिए जुन क्रममा उनले ७.५४ रन प्रतिओभर रन खर्चेका थिए।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]