बिग ब्यास लिगका लेजेन्ड अस्ट्रेलियन खेलाडी क्रिस लिनले एनपिएल खेल्ने

नेपाल प्रिमियर लिगको टिम सुदूरपश्चिम रोयल्सले लिगको दोश्रो सिजनको लागिअष्ट्रेलियन ब्याटर क्रिस लिनलाई अनुबन्ध गरेको छ।

सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो।

३६ वर्षीय दिनले लिनले अस्ट्रेलियाको लागि चारवटा एकदिवसीय र १८ टिट्वेन्टी अन्तर्राष्ट्रिय खेलेका छन्। २०१४ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका उनले अन्तिमपटक सन् २०१८ मा भारतविरुद्ध टी-२० अन्तर्राष्ट्रिय खेलेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा उनको नाममा कुनै पनि शतक र अर्धशतक छैन।

लिनले टी२० फर्म्याट मा २९३ खेल खेलेका छन् र ८,००० भन्दा बढी रन बनाएका छन्। त्यस क्रममा उनले पाँचवटा शतक र ५५ अर्धशतक बनाएका छन्।

आक्रमक ब्याटिङको लागि चिनिने लिनले अन्तिमपटक यसै वर्ष ह्याम्पसायर टिमबाट इङ्ल्यान्डको भाइटालिटी ब्लाष्ट टी-२० प्रतियोगिता प्रतिस्पर्धात्मक टी-२० प्रतियोगिता खेलेका थिए।

ओपनिङ ब्याटिङ गर्ने लिनले गत सिजन बिग ब्यास लिगमा सात खेलमा २३० रन बनाएका थिए। सो क्रममा उनको स्ट्राइक रेट १६५.४६ रहेको थियो।

लिन अष्ट्रेलियन बिग ब्यास लिगमा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन्। बिग ब्यास लिग (BBL) मा हालसम्म १२७ खेल खेलेका छन् र कुल ३,९५५ रन बनाएका छन्। उनले इन्डियन प्रिमियर लिगसहित विश्वका धेरै फ्रेन्चाइज लिगहरु मा समेत खेलिसकेको अनुभव छ।

अनुबन्ध पछि क्रिस लिनले आफ्नो उत्साह प्रकट गर्दै भने, “म नेपाल प्रिमियर लिगमा खेल्न पाउँदा निकै उत्साहित छु। यहाँका क्रिकेटप्रेमीहरूको अगाडि र प्रतिभाशाली खेलाडीहरूको समूहसँगै खेल्न पाउनु रोमाञ्चक हुनेछ।”

टिम मालिक स्वतन्त्र प्रताप शाहले अनुबन्धमा खुसी व्यक्त गरेका छन्“बिग ब्यास लिगमा प्रतिष्ठा कमाएका अष्ट्रेलियन खेलाडीलाई पहिलो संस्करणदेखि नै हाम्रो योजनामा राखेका थियौं। क्रिस लिन टिममा सामेल भएकोमा हामी निकै खुशी छौं र उनको आगमनले टिमलाई अझै मजबुत बनाउनका साथै नेपाल प्रिमियर लिगको प्रतिष्ठा बढाउनेमा विश्वास गर्छौं।”

 

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy