BBL : सन्दिप सिजनकै महँगो सावित, म्याक्सवेल र मेलबर्नको नयाँ कीर्तिमान

sandeep lamichhane

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने आफ्नो चौधौं खेलमा महँगो सावित भएका छन्।

लिग चरणको अन्तिम खेलमा होबार्टले मेलबर्न स्टार्ससंग प्रतिस्पर्धा गरिरहेको छ। खेलमा टस हारेर ब्याटिंग गरेको मेलबर्नले २० ओभरमा २ विकेट क्षेतीमा २७३ रनको विशाल योगफल तयार गरेको छ। यो योगफल बिग ब्यास लिगको इतिहासकै ठूलो योगफल हो।

मेलबर्नको ब्याटिंगमा कप्तान तथा ओपनर ग्लेन म्याक्सवेलले मात्र ६४ बलमा २२ चौका र ४ छक्का मद्दतले अविजित १५४ रन बनाए। म्याक्सवेलको स्कोर लिग इतिहासकैव्यक्तिगत सर्वाधिक स्कोर हो। यस्तै मार्कस स्टोइनिसले ३१ बलमा ४ चौका र ६ छक्का मद्दतले अविजित ७५ रन बनाए। जोए क्लार्कले ३५ रन बनाए। म्याक्सवेलले क्लार्कसंग ६.६ ओभरमै ९७ रनको ओपनिंग साझेदारी गरे। यस्तै उनले तेश्रो विकेटको लागि स्टोइनिससंग ५४ बलमा १३२ रनको साझेदारी गरे।

 

होबार्टको बलिंगमा जोस कान र जोर्डन थंपसनले समान एक विकेट लिए।

यस्तो रह्यो सन्दिपको प्रदर्शन

खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले जारि सिजनमै महँगो सावित भए। उनले ४ ओभर बलिंग गर्दा ५२ रन खर्चिए। टिमका अन्य बलर टिम डेभिड सन्दिप ( २ ओभरमा ३३ रन ) , ड्यार्सी सर्ट ( २ ओभरमा ३४ रन ) , जोश कान ( २ ओभरमा ४० रन ) तथा विल स्याण्डर्स ( १ ओभरमा १७ रन ) पनि महँगो सावित भए।

इनिंग्सको तेश्रो ओभरमा बलिंग सुरुवात गरेका सन्दिपले पहलो ओभरमा १८ रन खर्चिए। त्यसपछि छैठौं ओभरमा दोश्रो ओभर गर्दा उनले ८ रन, तेह्रौं ओभरमा तेश्रो ओभरमा ४ रन तथा अठारौं ओभरमा चौन्धो ओभरमा २२ रन खर्चिए। उनलाई चौथो ओभरमा ग्लेन म्याक्सवेलले लगातार पहिलो ५ बलमा ५ चौका प्रहार गरे।

सन्दिपको पहिलो ओभर : तेश्रो ओभरमा बलिंग सुरुवात गरेका सन्दिपले पहिलो ओभरमा १८ रन खार्चिए। ओभरको दोश्रो, तेश्रो, चौंथो र पाँचौ बलमा ग्लेन म्याक्सवेलले उनलाई चौका प्रहार गरे। ( ओभर समरी ० ४ ४ २ ४ ४ )

सन्दिपको दोश्रो ओभर : छैठौं ओभरमा दोश्रो ओभर गर्दा सन्दिपले ८ रन खर्चिए र बाउन्ड्री दिएनन्। म्याक्सवेल र जो क्लार्कलाई उनले ठूलो सट खेल्न दिएनन्। ओभर समरी ( २ २ २ १ ० १ )

सन्दिपको तेश्रो ओभर : तेह्रौं ओभरमा तेश्रो ओभर गरेका सन्दिपले इनिंग्सकै सबैभन्दा किफायती ओभर गरे र ४ रन मात्र खर्चिए। ओभरमा उनले स्टोइनिस र म्याक्सवेललाई कसिलो बलिंग गरे। ओभर समरी ( १ ० १ १ ० १ )

सन्दिपको चौंथो ओभर : डेथ ओभरमा ( अठारौं ओभर ) बलिंग गरेका सन्दिपलाई ग्लेन म्याक्सवेलले लगातार पहिलो ५ बलमा चौका प्रहार गरे। अन्तिम बलमा उनले २ रन लिए। ओभर समरी ( ४ ४ ४ ४ ४ २ )

जारि सिजन सन्दिप लामिछानेले १४ खेल खेल्दा १४ विकेट लिएका छन्।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]