BIG BASH : सन्दिपले लिए ड्यानियल क्रिस्चियनको विकेट, कमेन्टेटरद्वारा तारिफ

एघारौं सिजनको बिग ब्यास लिग अन्तर्गत पहिलो खेल खेल्ने क्रममा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले राम्रो सुरुवात गरेका छन्।

सिड्नी सिक्सर्स बिरुद्ध लिगको पहिलो खेल खेल्ने क्रममा होबार्ट हरिकेन्सका लेग स्पिनर सन्दिपले ४ ओभर बलिंग गर्ने क्रममा २४ रन खर्चेर १ विकेट लिएका हुन्। यस क्रममा उनले आफ्नो स्पेलको दोश्रो ओभरमा चर्चित अस्ट्रेलियन क्रिकेटर ड्यानीयल क्रिस्चियनको विकेट लिएका हुन्।

सन्दिपको पहिलो ओभर : पावरप्लेको समाप्तिमा सिड्नी २८/४ को अवस्थामा थियो। इनिंग्सको सातौँ ओभरमा बलिंग गर्न आएका सन्दिपले पहिलो ओभरमा ३ रन खर्चिए। पहिलो ३ बलमा १/१ रन दिएका उनले ओभरको अन्ति ३ बलमा रन दिएनन्। उनि बलिंगमा आउदा कमेन्टेटरले नेपालकको खेलाडी भनेका थिए। ओभर समरी ( १ १ १ ० ० ० )

सन्दिपको दोश्रो ओभर : लगत्तै स्पेलमा नवौं ओभरमा बलिंग गरेका सन्दिपले पहिलो बलमै ५ रन बनाएका ड्यानीयल क्रिस्चियनको विकेट लिए। सन्दिपलाई आक्राक सट खेल्ने क्रममा क्रिस्चियन मीड अनमा क्याच आउट हुन पुगे। त्यसपछि ओभरमा सन्दिपले मात्र ३ रन खर्चिए। ओभर समरी ( विकेट १ ० १ १ ० )

सन्दिपको तेश्रो ओभर : स्पेल निरन्तरता दिने क्रममा एघारौं ओभरमा बलिंग गरेका सन्दिपले ओभरमा ७ रन खर्चिए। ओभरको तेश्रो बलमा मोइसेस हिनरिक्सले सन्दिपले माथ दिएको बललाई डिप कभरमा चौका प्रहार गरे। त्यस बाहेक सन्दिपले ओभरमा कसिलो बलिंग गरे। ओभर समरी ( १ १ ४ १ ० ० )

सन्दिपको चौंथो ओभर : लगातार स्पेल गर्दै १३ औं ओभरमा स्पेल सकाएका सन्दिपले ओभरमा ११ रन खर्चिए। ओभरको चौंथो बलमा मोइसेस हिनरिक्सले कभरको माथिबाट चौका प्रहार गरे। ओभरको अन्तिम बलमा टम करनले डिप मीड-विकेटमा चौका प्रहार गरे। ओभर समरी ( 0 १ १ ४ १ ४ )

कमेन्टेटरद्वारा सन्दिपको तारिफ

खेलको क्रममा सन्दिप लामिछानेको बलिंग म्याप स्क्रिनमा देखिंदा कमेन्टेटरले सन्दिपको तारिफ गरेका थिए। सन्दिपले अनुशाशित बलिंग गरेको र लिगमा राम्रो सुरुवात गरेको उनीहरुले बताएका थिए। बलिंग म्यापमा सन्दिपले अधिकांश बल राम्रो लेन्थमा र एकै स्थानमा गरेको देखिएको। यस्तै सन्दिपको नाम अस्ट्रेलियन तरिकाले स्यान्डी उच्चारण गरिएको र लामिछाने उच्चारण गर्न गाह्रो भएको समेत कुरा गरेका थिए।

लाइभको क्रममा सन्दिपको बलिंग म्याप




थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]