BBL : सन्दिपको शानदार पुनरागमन, मेलबर्न बिरुद्ध लिए तिन विकेट

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत पछिल्लो तिन खेलमा विकेट विहिन रहेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले शानदार पुनरागमन गरेका छन्।

मेलबर्न रेनेगेड्स बिरुद्ध होबार्टको ८५ रनको जितमा सन्दिपले शानदार बलिंग गर्दै ३ विकेट लिएका हुन्। जारि सिजनमा यो सन्दिपको उत्कृस्ट स्पेल हो। बिग ब्यास लिगमा सन्दिपले एकै खेलमा ३ विकेट लिएको यो चौंथो पटक हो।

सन्दिपले पहिलो विकेट जेक फ्रेसरको लिए। २१ रन बनाएर आक्रामक ब्याटिंग गरिरहका फ्रेसर र हार्पर बीचको साझेदारी सन्दिपले तोड्दै होबार्टलाई खेलमा फर्काए। त्यसपछि सोहि ओभरमा उनले मोहम्मद नाबीको विकेट लिंदै अतिमलाई खेलमा हावी गराए। त्यसपछि उनले अन्तिम विकेटको रुपमा जाहिर खानलाई पेभेलियन फर्काए। ३.५ ओभर बलिंग गरेका सन्दिपले ३२ रन खर्चेर ३ विकेट लिए। विकेट मात्रै हैन सन्दिपले खेलमा रन आउट पनि गरे। १३ औं ओभरमा उनले जेम्स प्याटीन्सनलाई रन आउट समेत पारे।

यस अघि पछिल्लो पटक सन् २०२० मा सन्दिपले मेलबर्न बिरुद्धनै ३ विकेट ( ३/२६ ) लिएका थिए। त्यस अघि उनले सन् २०१९ मा सिड्नी सिक्सर्स बिरुद्ध ( ३/११ ) तथा सन् २०१८ मा होबर्ट हरिकेन्स अबिरुध ३ विकेट ( ३/२४ ) लिएका थिए।

सन्दिपको पहिलो ओभर : पावरप्लेको ओभर छैठौं ओभरमा स्पेल सुरुवात गरेका सन्दिपले पहिलो ओभरमा १३ रन खर्चे। स्याम हार्परले उनको अन्तिम बललाई स्लग स्विप गर्दै डिप मिड-विकेटमा छक्का प्रहार गरे। ओभर समरी ( २ १ १ १ २ ६ )

सन्दिपको दोश्रो ओभर : आठौँ ओभरमा लगातार स्पेल गर्न फर्केका सन्दिपले दोश्रो बलमा जेक फ्रेसरको विकेट लिए। ठूलो सट खेल्न खोजेका फ्रेसर लंग अनमा क्याच आउट भए। त्यसपछि पनि सन्दिप रोकिएनन्। अन्तिम बलमा मोहम्मद नाबीले सन्दिपको लेग स्पिनलाई आक्रमण गर्दा लंग अफमा समातिन पुगे। ( १ विकेट लेगबाई१ ० २ वाइड विकेट )

सन्दिपको तेश्रो ओभर : दशौँ ओभरमा तेश्रो ओभर गरेका सन्दिपले १० रन खर्चे। पहिलो बलमै प्रेस्टविजको बल एज लागेता पनि विकेटकिपर म्याथु वेडले त्यसलाई क्याच लिन सकेनन्। तेश्रो बलमा स्याम हार्परले सन्दिपलाई रिभर्स स्विप गर्दै थर्ड म्यान तर्फ चौका प्रहार गरे। ओभर समरी ( ० १ ४ १ १ १ )

सन्दिपको चौंथो ओभर : १६ औं ओभरमा स्पेलको अन्तिम ओभर गरेका सन्दिपको पहिलो बलमा रिस टपलेले पुल गर्दै वाइड लंगअनमा अचौका प्रहार गरे। त्यसपछि पाँचौ बलमा सन्दिपले जाहिर खानलाई गुग्लीमा स्टम्प आउट गराए।

खेलमा होबार्टले बान म्याकडरमोटको १२७ रन मद्दतले २०६ रनको योगफल तयार गरेको थियो। प्रतिउत्तरमा मेलबर्न रेनेगेड्स १५.५ ओभरमा १२१ रनमै समेटिन पुग्यो। जितपछि होबार्ट ७ खेलमा ४ जित र ३ हार पछि १७ अंक सहित अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ।

जारि लिगमा सन्दिपले कुल ७ खेल खेल्दा ५ विकेट लिएका छन्। यस अघि लगातार तिन खेलमा उनि विकेटविहिन रहेका थिए। पर्थ र सिड्नी बिरुद्ध उनि विकेटविहिन रहेका थिए।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]