BBL : होबार्टको तेश्रो हार, स्टम्पिंग छुट्दा सन्दिप विकेटविहिन, ब्याटिंगमा बनाए अविजित ८ रन

२०७८ पुष ५, सोमबार १९:५२

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम होबर्ट हरिकेन्सले चौंथो खेल खेल्दा तेश्रो हार बेहोरेको छ। हर पछि होबार्ट अंकतालिकामा ६ अंक सहित छैठौं स्थानमा छ।

होबार्टको घरेलु मैदान बेलीरिभ ओभलमा सम्पन्न खेलमा पर्थ स्करचर्ससंग पराजित हुने क्रममा १६८ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ९ विकेट क्षेतीमा १२५ रन मात्र बनाउन सक्यो र ४२ रनको हार बेहोर्यो। होबार्टको लागि विल पार्करले २५, नाथन इलिसले २० रन योगदान दिए। पर्थका बलर एन्ड्रयु टाईले तिन विकेट, पिटर हाट्जोग्लु र एस्टन एगरले समान दुई विकेट लिए। यस अघि टस जितेर ब्याटिंग रोजेको पर्थले २० ओभरमा ७ विकेट क्षेतीमा १६७ बनाएको छ। पर्थको लागि ओपनर कर्टिस प्याटरसनले सर्वाधिक ७८ रन बनाए। होबार्टको बलिंगमा जोर्डन थंपसनले ३, टम रोजर्सले २ तथा राइली मेरेडीथले १ विकेट लिए।

स्टम्पिंग छुट्दा विकेटविहिन सन्दिप, ब्याटिंगमा बनाए अविजित ७ रन

प्रतियोगितामा चौंथो खेल खेल्दा सन्दिप दोश्रो पटक विकेटविहिन रहे। नेपाली स्पिनर सिजनमा सबैभन्दा महँगो सावित भए जुन क्रममा ४ ओभर बलिंग गर्दा ३९ रन खर्चिए।

सन्दिपको स्पेलको दोश्रो ओभर र इनिंग्सको सातौँ ओभरमा स्टम्पिंग छुट्दा सन्दिप विकेट लिन चुके। ७८ रन बनाउदै प्लेयर अफ द म्याच चुनिएका कर्टिस प्याटरसनले ३२ रनको अवस्थामा जीवनदान पाए। सन्दिपको गुग्लीमा अगाडी बढेर खेने क्रममा विकेटकिपर म्याथु वेडले स्टम्पिंग छुटाउन पुगे। यस अघि सिड्नी बिरुद्धको खेलमा पनि वेडले स्टम्पिंग छुटाएका थिए। उक्त खेलमा सन्दिपको दुई वटा क्याच समेत छुट्न पुगेको थियो।

खेलको पहिलो ओभरमा उनले १४ रन खर्चिएका थिए त्यसपछि दोश्रो ओभरमा ७ रन, तेश्रो ओभरमा १३ तथा चौंथो ओभरमा ६ रन मात्र खर्चिए। डेथ ओभरमा बलिंग गरेका सन्दिपले इनिंग्सको अठारौं ओभरमा राम्रो बलिंग गर्दै ६ रन मात्र खर्चिए।

सन्दिपको ब्याटिंग :
 पर्थ बिरुद्ध अघिल्लो खेलमा पनि अविजित १३ रन बनाएका सन्दिपले पुनः ब्याटिंगमा पाएको अवसर सदुपयोग गर्दै अविजित ८ रन बनाए। ७ बल खेलेका उनले सबै रन १/२ रन लिंदै बनाए। अठारौं ओभरमा आठ विकेट गुमेपछि ब्याटिंगमा आएका सन्दिपले एस्टन एगरले गरेको पहिलो बलमा १ रन लिए। उन्नाईसुन ओभरमा एन्ड्रयु टाईको ओभरमा सन्दिपले सामना गरेको दोश्रो बल डट खेलेपछि उनले तेश्रो बलमा २ रन, चौंथो बलमा १ तथा पाँचौ बलमा २ रन बनाए। एस्टन टर्नरले गरेको बीसौं ओभरको छैठौं र सातौँ बलमा पनि उनले १/१ रन लिए।

लिग अन्तर्गत सन्दिपले यस अघि सिड्नी सिक्सर्स बिरुद्ध पहिलो खेलमा एक विकेट ( ४-०-२४-१ ) लिएका थिए भने दोश्रो खेलमा सिड्नी बिरुद्ध विकेटविहिन रहेता पनि किफायती बलिंग ( ४-०-२४-० ) गरेका थिए। यस्तै तेश्रो खेलमा पर्थ स्करचर्स बिरुद्ध उनले १ विकेट ( ४-०-३१-१ ) लिएका थिए भने ब्याटिंगमा पनि अविजित १३ रन बनाएका थिए।

लिगमा होबार्टले आगामी खेल डिसेम्बर २४ तारिख ( शुक्रबार ) मेलबर्न स्टार्स बिरुद्ध खेल्ने तालिका छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy